ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु

प्रकाशित मिति: ४ पुष २०७५, बुधबार ०५:३८

 

  • नेकपा बैठकमा ओली गाँठो पार्ने, प्रचण्ड फुकाउने
    बामदेव झम्टने, माधव पुच्छर लुकाउने !
  • ओलीसँग पुर्व एमाले गरम, पुर्व माओवादी नरम
    नयाँ बुहारी घरमा यसरी आईन्, दाईजोको रुपमा कलह ल्याईन्
  • महासमिती बैठकमा महत र केसी माइक तानातान
    नुवाकोटको सँस्कृतिक परम्परा : गोरुको जुधाई, रमिता देखाई
  • कांग्रेस पदाधिकारी बिवाद टुङ्गियो, कोषाध्यक्षबाहेक सबै निर्वाचित
    कोषाध्यक्षलाई पैसाध्यक्ष ठानेपछि भागशान्ती जय नेपाल
  • बुबा आमाको उमेर बढाएर बृद्ध भत्ता लिने कर्मचारी बिरुद्ध भ्रष्टाचार मुद्दा
    बाबाले सोध्लान् खै छोरा भन्लान् , चोक्टा खान गएको छोरो झोल डुब्यो भन्दिए
  • टिच नेपालको विवादास्पद बिज्ञापन : जागिर खान क्रिस्चियन हुनै पर्ने सर्त
    खाए जागिर जय मुसि ! नखाए जागिर गए मुसि !
  • युट्युबले ५ करोड भन्दा बढी भिडियो हटायो
    भाईरल कम्पनीका दोकान टाट पल्टिएछन्, गुड जब गुगलेश्वर महादेव !
  • तुलसी गिरी : निर्दलका नायक, बहुदलका खलनायक
    गणतन्त्रवादी नेता उनैका गायक !
  • नेकपा स्थायी समितिमा भीम रावलका प्रश्नै प्रश्न
    प्रश्नै प्रश्न त किन ? महत्वपूर्ण पद लिन !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com