प्रधानमन्त्रीको टायम टेवल -‘कुर्दाकुर्दै पोलिटब्युरो भै गएछ टालो !’ : आजका हेडलाईनहरु
प्रकाशित मिति: ९ पुष २०७५, सोमबार ०३:३४
देउवाको निर्देशन : ओली सरकार बिरुद्ध आन्दोलन गर्न तयार रहनुस्
आन्दोलनको एजेण्डा : कुर्सीबाट ओलीलाई झाराैं, देउवाको सपना साकार पाराैं
प्रचण्डलाई कांग्रेस प्रबक्ताको जवाफ- ‘धर्मको बिषयमा कम्यूनिष्टले पढाइरहनु पर्दैन ।’
र, पापको बिषयमा काङ्ग्रेसलाई सिकाई रहनु पर्दैन ।
कांग्रेसका ७ आरोप- ‘ओली सरकार भ्रष्ट र लम्पसारवादी ।’
लम्पसार र भ्रष्टचार छोडेर त्यो एजेन्डा काङ्ग्रेसलाई फिर्ता दिन सुझाव
‘मलाई वामदेब निकट नभन्नुस् ।’ : नेकपा नेता किरण गुरुङ
त्यही त ! जसले टिकट दिन्छ, त्यसैको निकट पो भन्नुपर्छ ।
प्रधानमन्त्री नआएपछि नेकपा स्थायी समिति बैठक स्थगित
वालुवाटारबाट हिड्न थाले रे, दुई-तीन दिनमा आई पुगिहाल्छन् !
विश्व प्रकाशले भने : ‘कांग्रेसले लगातार ३ वटा चुनाव जिते नेपाललाई सिंगापुर बनाउनेछ ।’
हो हो, पक्कै बनाउँछ – पाँचथरको सिङ्गापुर गाउँ
पुर्व राजा ज्ञानेन्द्रको चलखेल बढ्यो, गोप्य बैठक र भेला गर्दै
गणतन्त्रवादीहरु गनगनतन्त्रमा सिमित भएपछी gunतन्त्रवादीको खेलचल बढेको ठम्याई