नयाँबर्ष २०१९ को संकल्प : राष्ट्रपतिदेखि विपक्षी नेतासम्म…
प्रकाशित मिति: 1 January, 2019 4:08 am
राष्ट्रपति विद्यादेवी भण्डारी–
म यो संकल्प गर्दछु कि, करोडौंको गाडी र अरबौंको हेलिकप्टरजस्ता बिलासी बस्तु मेरो आवस्यकता होइनन् । नयाँ बर्ष २०१९ देखि सँस्थाको मर्यादामा आँच पुर्याउनेहरु प्रति पुर्ण चनाखो रहन सल्लाहकारहरुको जन्तीलाई पूर्ण सजग गराउने छु !
प्रधानमन्त्री केपी शर्मा ओली –
कार्यक्रमस्थलमा ट्याम्मै पुग्ने छु । जिद्वि गर्न ठ्याम्मै छोड्ने छु । कुरा कम काम ज्यादा, हल्ला थोरै सल्लाह धेरै गर्नेछु ।
पुष्पकमल दाहाल –
पार्टी एक भइ सकेकोले छाती ठुलो बनाउने छु । एमाले-एमाले जुधाउने, एक्लै पार्टी कुदाउने सपना देख्ने छैन । नयाँ पुस्ताको बाटो छेक्ने छैन, मने अनिश्चित रुपमा !
माधव कुमार नेपाल –
होली वाइनमा ओली वाइन मिसाएर कक्टेल बनाउने छैन । प्रचण्ड माधव मिलाएर मक्टेल बनाउने छैन । बिदेश मोह त्याग्ने छु, स्वदेशी काममै लाग्नेछु ।
शेर बहादुर देउवा–
समयले डेटएक्सपाएर्ड बनाई सकेको तथ्यलाई आत्मासात गर्दै पार्टीमा लिसो झैं टाँसिइ रहने छैन । मन चिसो भए पनि युवा पुस्तालाई मेसो मिलाई दिनेछु । यसो गरे कसो होला भन्देखिलाई !
(तस्वीर : सामाजिक संजालबाट तानतुन डटकम)