जनताले जिताए पछि होइन, राजपाले धम्क्याएपछि सपथ : आजकाहेडलाइनहरु

प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार १४:५०

रेशम चौधरीको सपथमा प्रधान्मन्त्रीको सरप्राइज ! नेकपामा असन्तुस्टी
प्रधानमन्त्रीले ‘सर’ यानी कि सिरनै अपराधीलाई प्राइज दिए पछि बाँकी के नै  रह्यो र साइँला !

गोविन्द पराजुलीको अध्यक्षतामा वाइडबडी जाँचबुझ आयोग गठन्
…..गरिसक्यो दैलो देख्यो भने झै !

जनताले जिताए पछि रेशमको सपथ स्वाभाविक : सरकार
शिर्शक अलि फरक हुनु पर्छ : राजपाले धम्क्याए पछि सपथ स्वाभाविक !

आफैंले गरेको निर्णय फेर्दै ओली सरकार, ११ दिन सार्वजनिक बिदा थप्दै
हिंड्दैछ पाइला मेट्दैछ, …. पछि देख्दै छ !

राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता  : पिए राख्न सालासाली र भाई भतिजा
गाई भए गोरस भाई भए भरोस, आफ्नै हात जगन्नाथ जे परेपरोस् !

छोरा खेलाउन फुर्सद छैन मन्त्री बीना मगरलाई
चिन्ता नलिनुस् कमरे, गर्भै देखिको कम्युनिष्ट छोरो कुरा बुझिहाल्छ नि, तपाईं काममा लाग्नुस् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com