पोलिटिकल म्यारिज- ‘जिते चुपचाप, हारे कट्फट् !’

प्रकाशित मिति: २२ पुष २०७५, आईतवार ०३:३२

सत्तारुढ दल फोरमले भन्यो- ‘सरकारको समिक्षा गरौ !’
-म्यारिज खेलमा एउटा चलन छ, जितुञ्जेल चुप्प लाग्ने । हार्दै गएपछि कि ‘कटफट् गरौं’ भन्छ कि त ‘खेल छोडेर’ हिंड्न । फोरमको समिक्षा यही होला !

राम बहादुर बम्जनको आश्रम बलात्कार, बेपत्ता र हत्याको चक्रब्यूहमा
-मनोबैज्ञानिकहरु भन्छन्, मौन बस्ने सबै ध्यानी नहुन सक्छन् । लट्टा पाल्ने सबै ज्ञानी नहुन सक्छन् । त्यसैले पाएं भन्दैमा प्वाक्क नबोला, बोली नमिल्दा शरमपनि हुनसक्छ, नाम राम भनेर भगवान नसम्झ, भित्रभित्रै हरामपनि हुनसक्छ ।

कित्ताकाट रोक्ने निर्णय बिरुद्ध आन्दोलन गर्न मेयरको आग्रह
-दुईवटा कुरा हुनसक्छन् । पहिलो, चुनावमा जग्गा ब्यापारीबाट प्रसस्त चन्दा लिएको । दोश्रो, चुनावको रिण तिर्न आफ्नै जग्गा बेच्नु पर्ने बाध्यता रहेको हुनसक्छ । जे भएपनि घाटा धर्तीमातालाई नै हुने ।

संसदीय उपसमितिलाई गृह सचिव राईको चुनौतीः मलाई भ्रष्टाचारी पुष्टी गरेर देखाउनोस् ।
-ग्रह बिग्रिएपछि नखाएको बिषपनि लाग्न सक्छ । एउटाले बिराउंदा शाखा नै पिराउन पनि सक्छ । त्यसैले राईमामालाई सुझावः संसदीय उप समितिको प्रतिवेदन गलत पुष्टी गर्नतिर लाग्नोस् ।

एकिकृत मुसहरवस्ती : नयां घर तर पुरानै दुःख ।
-पहिला गांस, अनि बास र बल्ल कपास हुनुपर्ने । तर उल्टो भयो, बास, कपास र गांस । सबै काम धुर्मुसले गर्नुपर्छ भन्ने छ र, गांसको लागि सरकारले गर्नु पर्यो नि ।

जनता आवास कार्यक्रम : जसकालागि गोठ, उसैको पुच्छर बाहिर
-गोठमा सांढेहरुको रजाईं भएपछि गाईबाच्छाको मिचाई त हुन्छ नै ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com