प्रश्तूत छ, घाम सरकार र छायाँ सरकारको घमासान दोहोरी
प्रकाशित मिति: २५ पुष २०७५, बुधबार ०३:०३
‘ओली र प्रचण्ड राजा हुन्, अब लडिन्छ यिनिहरुसँग ।’– डाक्टर केसी
-धेरै पटक लडिसक्नु भयो डाक्टर सा’ब, अब उठेर हिंड्नोस् । देशलाई लडाईंको हैन उपचारको खांचो छ ।
प्रधानमन्त्रीले संबोधनमा मधेशको ‘म’ र संबिधान संसोधनको ‘स’ पनि उच्चारण गर्नु भएन : मधेशवादी नेता
–मधेशको हितकालागि बिकासको ‘ब’ र शिक्षाको ‘श’ त उठाए होलान् नि !
वाईड बडी प्रकरण : नेकपाका नेताको मौनताको रहस्य के ?
-नेकपामात्र हैन, लेकपा, बांड्कपा, खाकपा, चपाकपा,पचाकपा लगायत धेरै पार्टीका नेता मौन छन् ।
सरकारले संसद कब्जा गर्न खोज्यो : सरिता गिरी
-सके त तपाईंपनि गर्नुहुन्थ्यो होला तर क्या करें, पावर नही है !
छायाँ सरकार बनाउने कांग्रेसको निर्णय : सरकारको नेतृत्व देउवाले गर्ने
-सिंहदरबारमा घामको सरकार, सानेपामा छाया“ सरकार । बल्ल पुष्टि हुने भो घाम–छायाँको अर्थ ।
प्रधानमन्त्री र मन्त्रीलाई जहिलेपनि प्रश्न गर्न दिनुपर्ने कांग्रेसको माग
-निन्द्रामा, तन्द्रामा, होसमा, बेहोस्मा, तुकका, बेतुकमा–जुनसुकै प्रश्न जतिसुकै बेला सोध्न पाउनु पर्नेमा जोड