छोड्नेहरुदेखि साबधान ! आजका हेडलाईन

प्रकाशित मिति: २९ पुष २०७५, आईतवार ०६:०३

”जति उक्साउनुस्, म हिलो छ्यापाछ्याप गर्दिँन ।’ – रवीन्द्र मिश्र
उताबाट छ्यापी रहेको हिलोको बारेमा चाहिँ ?

डा. केसीको जीवन रक्षाको पहल गर्न चिकित्सक संघको आग्रह
माग पुराको पहल कि जीवन रक्षाको ? कुरो किल्लर गर्नुस् ।

हिन्दु राष्ट्र पनर्स्थापना गराएरै छोड्छौं : कमल थापा
के छोड्ने देश कि धर्म ?

उज्वल थापालाई रविन्द्र मिश्रको आग्रह- ‘नजानेको यात्रामा कमजोरी भयो होला, आउनुस् संँगै हिँडौं ।’
अस्ति नै किन आएन यो बुद्धि  ! …गरिसक्यो, दैलो ददेख्यो!

संघीयता कार्यान्वयनको मुख्य अभिभारा फोरम नेपालको काँधमा

काँध् कति बलियो छ भन्ने कुरा मन्त्री देख्दै चालपाइयो !

सिरहा सुन प्रकरण : वडाध्यक्ष मुख्य नाइके
चुनाव लड्दाको खर्च उठाउनै पर्यो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com