२ नंबर प्रदेशको झापड-काण्ड : प्रत्यक्षदर्शी पिए, पिएसओ र सभामुखको भनाई…

प्रकाशित मिति: ३० पुष २०७५, सोमबार ०५:११

 

प्रसंग दुई नम्बर प्रदेशको झापड काण्डको हो । मन्त्री बिजय यादव र सचिब बिद्यानाथ झाले आपसमा आरोप–प्रत्यारोप गरिरहेका छन् । खास भएको के हो त ? यस बिषयमा हामीले घटनाको समयमा मन्त्रीको च्याम्बरभित्र रहेका सभामुख, सहयोगी, पिए र पिएसओसँग प्रत्यक्ष कानीकुरा गरेका छौं । पढ्नोस्, उनिहरुको भनाई, जस्तालाई तस्तै

‘कुरो के छ कि, हामी संघीयताको बारेमा छलफल गर्दै थियौं, मन्त्रीजी अकस्मात जङ्गियतामा प्रबेश गर्नुभयो । त्यसपछि त्यो छलफल भङ्गियतामा गयो । जब मन्त्रीले सचिबमाथी डङ्गियता प्रर्दशन गर्नुभयो तब सचिबजी पनि नाङ्गियतामा उत्रनु भयो । यो घटनाले संघीयता कमजोर भएपनि राजनैतिक नाङ्गियता बलियो दिखलाएको छ । हामी एकदक खुश छु ।’

-महोदय खरोज यादब
सभामुख, २ नम्बर प्रदेश

 

‘मन्त्रीजीलाई मुर्गाको मासु एकदमै मन पर्ने । हामी यसै बिषयमा कानीकुरा गर्दै थियौं । एक्कासी सचिबजी भित्र पस्नु भयो । अनि भन्नु भयो कि ‘म लोकल हुँ ।’ हामीले ठान्यौं, लोकल भाले आएछ ! तब मन्त्रीजीले धडाक भालेको गालामा झापट मार्नु भयो । र, भन्नु भयो कि, ‘रे बिन्देशर ! जाउ, यसलाई फ्राई गरेर ल्याउ !’

-बिन्देशर जादब
मन्त्रीका नीजि सचिब

 

‘धुर्, को भन्यो कि मन्त्रीले सचिब कुट्यो ? खासमा सचिबले मन्त्री कुटेछ । जब मन्त्रीजीले सचिबलाई आर्शिवाद दिन हत्केला उठाउनु भयो तब सचिबजीले आफ्नो घाँटी तन्काउनु भयो । अनि आफ्नो गालैगालाले मन्त्रीजीको हत्केलामा हिर्काई लिनु भयो । नपत्याए मन्त्रीजीको हत्केला चेक गर्नोस्, पुरा कालो छ अहिलेसम्म !’

-हनुमान चौधरी
मन्त्रीका धन सचिब

 

‘मन्त्रीज्यूले हात छाड्नु भएको पनि हैन । सचिब सरले मुख छाड्नु भएको पनि हैन । सभामुखले छुट्याउनु भएको पनि हैन । मन्त्रीजीले फेरी ढुट्याउनु भएको पनि हैन । मिडियामा आएका सबै कुरा मधेश आन्दोलनलाई बदनाम गर्न षडयन्त्रमात्रै हुन् भनेर झुठ बोल्नु पर्याछ । के गर्नु हजुर, ज्यान र जागीरको सवाल छ हामीजस्ता सोझा कर्मचारीको !’

-प्र.ह. हस् सा’प नेपाली
मन्त्रीका सुरक्षा गार्ड

 


(तस्वीर सौजन्यः सामाजिक सञ्जालबाट-तानतुन डटकम)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com