मिलाएर होईन जुधाएर समृद्दी ल्याउन सकिन्छ !’- गाईगोरु मन्त्री

प्रकाशित मिति: २ माघ २०७५, बुधबार ०४:२७

अब निजी स्कुल गैर नाफामूलक : शिक्षा आयोग प्रतिवेदन
नाफा नकमाउने तर पैसा कमाउन नछोड्ने – निजी स्कुल संचालक

भक्तपुरका मेयरको नारा : मागेर विकास हुन्न, आईएनजीओ चाहिएन
त्यसो भए अर्को पटक टिकट पनि पाइएन !

सुईबाट एन्टिबायोटिक लिन राजी भए डाक्टर केसी
मर्ने कसैलाई रहर हुँदैन, अनसन नबस्या शहर हुँदैन

नेकपामाको कार्यदलभित्रै विवाद, एकिकरण मोडालिटी अलपत्र
दुईमात्र किन, आधालाई अध्यक्ष बाँकीलाई बैकल्पिक उपाध्यक्ष बनाउनु , विवाद सामसुम हुन्छ 

प्रधानमन्त्रीले भने – ‘सामुदायिक स्कुल सुधारौं, निजी आफैं बन्द हुन्छन् ।’
निजि स्कुल बन्द गर्न कहाँ इजि छ ! भोटर भड्किने खतरा हुन्छ !

गोरू जुधाएर पनि समृद्धिको ढोका खोल्न सकिन्छ : कृषिमन्त्री खनाल
गोरु जुधाएर हैन, गोरु मिलाएर समृद्दीमा लाग्नु पर्यो मन्त्रीज्यु ।

सयौं बिदेशी अपराधी फरार, चार अर्ब जरिवाना संकटमा
स्वदेशी अपराधी त फरार हुने देशमा बिदेशी झन् पोहोर पह्रार नै भागी सक्नुपर्ने ! अहिलेसम्म कसरी टिकेछन् !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com