जाडो भयो भनेर आफ्नै घरमा आगो सल्काएपछी….

प्रकाशित मिति: २० माघ २०७५, आईतवार ०२:२८

.

चुनावी अभियान पनि होइन । सभा सम्मेलन पनि छैन । बैठक सेमिनारपनी रहेन । तरपनि गाउँतिर घुमिरहेकाछन् बाबुराम भट्टराई ! अहिले सुदुर पुर्वी पाँचथरको चिवाभन्ज्याङमा छन् । 

एक्लै हैन दुक्लै- पत्नी हिसिलासहित । देशको कार्यकारी भैसकेको मानिस आफ्नै गाउँमा देख्दा स्वागत हुने नै भयो । 

उनले पाँचथर, तेह्रथुम, भोजपुरका गाउँमा बिभिन्न कोणसभा गरेका, समुदाय विशेषका बाजागाजा बजाएका तस्वीरहरु सार्वजानिक भई रहेकाछन् ।

एउटा प्रतिष्ठित राजनेताले जनताको तहमा गएर अभिमत माग्नु अस्वभावीक होइन । उनको यो उत्साहलाई मान्नै पर्छ ।

                                                                               फोटो: (तानतुन डट कम)
तर, मानेर मात्र हुन्छचाहिँ के त ? ‘दिंदा नखाने राती उठ्दै कोल चाट्दै !’ ठ्याक्कै त्यस्तै लाग्छ उनको यो प्रयास ! एउटा बौद्धिक र बिवेकी नेताले साम/दामले भरिपुर्ण पार्टी छोडेर रित्तो हात लडाईँ जित्ने सपना बुन्नु भनेको ‘जाडो भयो भनेर आफ्नै झुपडीमा आगो सल्काउनु’ नै हो ।

अर्को कुरा, बौद्धिकताको उच्च रुप भनेको ‘एक्लोमा एकता’ होइन, ‘अनेकतामा एकता’ खोज्न सक्नु पर्दथ्यो । तर, उनले ठुलो समुहबाट  भाग्ने आदत विकास गरे ।

तेश्रो, ‘पोलिटिकल आयडोलजी’ एउटा राजनेताको बलियो हतियार हो । तर, वहाका पछिल्ला अभिब्यक्तीबाट थाहा हुन्छ-  वहाँमा ‘नयाँ आईडियोलोजी’ छैन । पुर्ववत बिचारबाटपनि बिचलित देखिनुहुन्छ ।

उनिसँग ठुलो पार्टी थियो । धेरै कार्यकर्ता थिए । जस्तो अभियान छेडेपनी हुन्थ्यो । ती सबै कुरा छोडेर एक्लै अभियानमा दौडनुलाई ‘नमच्चिने पिङको सय झड्का’ भने कसो होला !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com