राम्रो कुरा,देशलाई फाइदा त्यसलाई घाटा : समाचार सार
प्रकाशित मिति: २३ माघ २०७५, बुधबार ०३:३५
पुर्व समाज कल्याणमन्त्री बद्री प्रसाद न्यौपाने सहित १४ जनाका बिररुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०६९ भाद्र २० मा उपाध्यक्ष प्रमोद मेहतासमेतको उपस्थितिमा गरेको निर्णयले भृकुटी मण्डप स्थित फनपार्क मेला सञ्चालन गर्नका लागि रबिन्द्र गुरुङ्गलाई दिने निर्णय गरेको थियो । उक्त निर्णय बदनियतपुर्वक गरिएकोले परिषदलाई झण्डै ३१ करोड ५२ लाख ६७५ रुपैयाँ नोक्सान भएको अख्तियारको दाबी रहेको छ ।
बिदेशमा कमाएको पैसा सजिलै र बिना खर्चमै घरमा आइपुग्ने एउटा बाटो हुण्डी हो । हुण्डीबाट कारोबार हुँदा एकातिर सरकारी राजस्व छली हुने र अर्कातिर रकम प्राप्त गर्नेको आम्दानीको श्रोत नखुल्ने कुरा कारोबारमा संलगनहरुलाई राम्ररी थाहा छ । तर पनि हामीबिच ब्याप्त नाफाखोर मनोबृत्तिले यहि बाटो अवलम्बन गर्दै आएको छ । यस्तै अपराधमा संलग्न ८ जना बिरुद्ध राजस्व अनुसन्धान बिभागले ४ अर्व १६ करोड बिघो दाबी गरि राजस्व अनुसन्धान कार्यालय पथलैया मार्फत जील्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा, रामेश्वर शाह, मीनदेवी शाह, बिजय यादव, मोख्तर अहमद्, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पु कुमार दाश रहेका छन् ।
ReplyForward
|