उत्पादन भन्दा लोकप्रियता आजको आवश्यकता : आजका हेडलाइनहरु

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार ०३:३३

सिक्किमबाट देखिने नेपाल : ‘नेपालीले आफ्नो देश चिनेका छैनन्’ – साहित्यकार राजेन्द्र भण्डारी
पराधिनताले निलेको भए न देश चिन्नु !

संसदीय समितिको निर्देशन : नेपाली महिलालाई बेलायती सेनामा नपठाऊ
बेलायतबाट फर्काउ, खाडीतिर पठाउ !

बेरोजगारी भत्ताको कार्यक्रमले उत्पादन बढाउँदैन : बिजय पौडेल, नेता नेकपा
उत्पादनका कुराले जनता चाँडै खुशी हुदैनन् – सरकार !

ओलीलाई देउवाको प्रश्न – गफ हाँकेर पानीजहाज र रेल आउँछ ?
देउवालाई ओलीको प्रतिप्रश्न – अर्काका कुरा काट्नुस, देशमा समृद्धि छाउँछ !

पायल्स रोगबाट बच्न के के गर्नु पर्ला ?
चिल्लो, पिरो, माछा-मासु र रक्सी दैनिक धोक्नुस, ट्वाइलेट पस्नुस बलैले खोक्नुस बिराम चट् !

प्रधानमन्त्री ओलीको स्वीकारोक्ति – समयको व्यवस्थापन गर्न सकिनँ 
फुर्ती छ जिब्रो बोल्नु पर्ने धेर, एक बर्ष बित्यो भई सक्यो अबेर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com