भन्नोस् त साथी, देउवा किन खनिए शेखर कोईरालामाथी : आजका हेडलाईन

प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहीबार ०३:१८

 

संसदमा लुट, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट ।
-मर्मतकोको फाइदा ड्राइभरले पाउने, अरुलाई कमिशन नयाँमा आउने !
:mrgreen:

सरुवा पछि सचिवको आरोप : खानेपानीमन्त्रीले देश डुबाउन खोजिन्
-पिउने पानी त दिन सकेकी छैनन्, देश के मा डुबाउलिन र !
:mrgreen:

शिलान्यास र उद्घाटनमा प्रधानमन्त्रीको हतारो किन ?
-पुरा हुने कहिले कहिले-क्रेडिट लिउँ अहिल्यै भनेर !
:mrgreen:

सरकारको एक बर्षे कार्यकाल असफल, समर्थन फिर्ता लिए सरह हो : लक्ष्मणलाल कर्ण
हाम्रो प्रश्न – ‘तपाईं अघाउनु भयो कि खानै पाउनु भएन नेताजी ?’
:mrgreen:

पशुपति शर्मा भन्छन – ‘आमा कांग्रेस, बा र श्रीमती नेकपा र म स्वतन्त्र !’
ब्यालेन्स त मिलेकै हो ! एकजना विवेकशील साझा भए झन् राम्रो !
:mrgreen:

कोइराला परिवारमाथि खनिए देउवा, शेखरको नामै लिएर भने – ‘के हैसियत छ यिनको ?’
-भित्री कुरो तपाईंलाई थाहा होला- बाहिरबाट हेर्दा कोईराला बंशको हिङ्गवाला टालोबाट खुब तर्सिनु भए झैं लाग्यो बड्डा !

 

Picture Credit : Social Network

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com