नुन र चिनी मिलाउँदा कस्तो स्वाद निस्कन्छ, एमाले-माओवादी एकताबाट थाहा पाउनोस्…

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार ०४:१७

सरकारबारे माधव नेपालको टिप्पणी: धेरै बोल्छौं, कम सुन्छौं
सरकार तपाईंहरुकै छ । सिकाउनोस-  प्रकृतिले मुख एउटामात्र थोरै बोल्न र कान दुई दुई वटा धेरै सुन्न दिएको हो ।

जयन्त चन्द समुहले राप्रपा छाड्यो, बुबा लोकेनद्र बहादुर कता ?
पुत्र नयाँ पार्टीतिर : ‘बा’भजन किर्तन तिर !

हिंसाका गतिविधि गर्नेसँग सरकारले वार्ता गरोस् : उपसभापति गच्छदार
…र वार्ता मन्त्रालयको जिम्मा उहाँलाई नै दिईयोस् । किनकी गच्छदार सत्ता बाहिर हुनु पटक्कै सुहाएन ।

दण्डहिनताका कारण चारैतिर भ्रष्टाचार मौलायो: माधव कुमार नेपाल
दुई तिहाईले समेत दिन नसकेको दण्ड अब यमराजले मात्र देलान्  । दन्डहिनताभन्दा उदण्डता बलियो भएको हो कमरेड, खै कुरो बुझ्या !

परिस्थिति देखेर दिक्क लाग्छ, आफैं खेती गर्न हिँडु जस्तो लाग्छ: क प्रचण्ड
भावनामा नबहकिउ कमरेड ! भावनाले भड्खालोमा पुर्याउछ । सम्भावनातिरमात्र प्रयास गरौं ।

एमाले माओवादी मिलन, नुन र चिनीको घुलन: मन्त्री बिष्ट
त्यसैले अलि टर्रो लाग्यो । पानी पनि मिसाउन पाए जिवनजल बन्थ्यो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com