कृषिमा सरकारी अनुदान लिने सबैभन्दा सजिलो उपाय…

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहीबार ०३:३०

‘कृषिमा दिएको अनुदान सबै बिचौलीयाले खाए !’ यो भनाई अर्थमन्त्री युवराज खतिवडाको हो भन्दै सामाजिक सञ्जालमा आएको छ । यस बिषयमाथि विभिन्न टिप्पणी शुरु भएकाछन् – कसैले यो कुरा गलत हो भनेकाछन् । कसैले  ठिक मानेकाछन् । तर गजुरियल टिप्पणी अलि फरक छ ।लामो समयदेखि मौलाएको बेथिति र अनियमिततामा लगाम लगाउँन यो सरकार सफल भएको छैन । बिचौलीयाको बिगबिगि कृषिमा मात्र होइन, सर्वत्र छ ।

कृषि क्षेत्रको विषय उठान गर्दा बिभिन्न प्रकृतिका कृषक पाईन्छन् ।

लामो समयदेखि कृषिमा लागे पनि सिप र श्रोतको अभावमा कामचलाउ कृषकको रुपमा संघर्ष गरिरहेका कृषकको सँख्या ठुलो छ । थोरै कृषकहरु लगानी र सिपमा पहुँच भएकाले सफल व्यवसायी पनि भएकाछन् ।

त्यसैगरी बैदेशिक रोजगारीबाट फर्किएका केही युवाहरुले बिदेशमा सिकेको सिप र अनुभवको उपयोग गर्दै केहि कृषिक्षेत्रमा काम गरेको पाइन्छ । तर, कृषि प्रधान मुलुकका लागि उपरोक्त प्रयत्न पर्याप्त हैन ।

अर्थमन्त्रीज्यूको भनाइमा गजुरियल टिप्पणी छ-  सरकारी अनुदानको खाँचो तिनलाई छ, जस्ले कृषिलाई आफ्नो जिवन ठान्दै आए । तर, आधुनिक सिप र प्रयाप्त श्रोत छैन । सरकारको प्रमुख दायीत्व यिनको पहिचान गरि तिनको सिपलाई परिस्कार गर्दै श्रोत/साधन उपलब्ध गराउनु हो ।

कृषिको अनुदान बिचौलीयाले खाएको देख्ने सरकारले सहि कृषक चिन्न किन सकेन !  सरकारको आरती गाउँदै कृषिको नाममा भिक्षा माग्ने छद्मभेषी  जोगि धेरै छन्  । हेक्का राख्नुपर्छ ।

यस्ता जोगीहरुले सस्तो मुल्यमा शहर आसपासका डाँडापाखा किनेर अस्थायी र कृतिम कृषि फर्म खडा गरेकाछन् । तिनिहरुले कृषिमा पाईने  अनुदानको फाईल सरकारी पार्टीको कार्यकर्ता बनेर, कार्यकर्ताको सहयोग लिएर सरकारी जस्केलाबाट छिर्ने गर्छन् । चिन्न गार्हो भयो भने बिचौलिया यिनै हुन् ।

आफ्नो थैलो बलियो बाँध्नु, अरुलाई चोर नलगाउनु ! जस्केलो खुल्ला नछोड्नु, बिचौलिया ननिम्त्याउनु ! मन्त्रीज्यू, अनुदान छनोटमा कडाई, अनुगमनमा इमान्दारिता र कारवाहीमा प्रभावकारिता हुनुपर्यो ।

हैनभने कृषि अनुदानको नाममा देशको ढुकुटी रित्तिई रहन्छ, बिचौलिया र मिचौलियाहरु चम्किरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com