श्रमीक दिवसमा मालिक बेहोस,कान्छीलाई देखेर जेठीको सातो गयो…

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार ०५:५४

 

गुरु प्रसाद

मालिक्नीले कामदार कान्छीको सातो खाईन् – “तँलाई मैले हिजै भन्या थिएँ,  आज म ‘श्रमिक महिला अधिकार गाेष्ठी’मा जानुछ, कपडा धोई दे भनेर ! खै धोएकी ?” कान्छीले मसिनो स्वरमा भनिन् – ‘अरु काम गर्दा गर्दै मैले त्यो काम बिर्सिएछु मालिक्नी !’ मालिक्नी झम्टिईन् – ‘तँलाई डङ्किनी,  सजिलै भन्छेस् बिर्सिएछु !?’ गाला छाम्दै कान्छी बोलिन्- ‘माफ पाउँ मालिक्नी, आइन्दा यस्तो हुन्न !’

तर मालिक्नी थामिनेवाली थिईनन्, ‘कान्छिको कपाल तान्दै जङ्गिईन् – ‘तेरा जगल्टा छर्छु म ! अाज कार्यक्रममा सबैजना कस्ता कस्ता बनेर आउँछन् !’ अर्को झापड भेटेपछि
कान्छीले बिकल्प दिईन् – ‘हजुर, अरु पनि त छन् नि कपडा, त्यही मध्ये एउटा लगाएर गईस्यो न ।’

मालिक्नी झन् तातिईन् -‘बड्ता सिकाउने हुन्छेस् !’ यति भनेर मुर्मुरिदै ड्रेसिङरुम तिर लागिन् । कान्छिपनी पिलपिल गर्दै घरबाट बाहिरिईन् ।

मालिक्नी तयारी भएर कार्यक्रमस्थलमा पुग्दा कार्यक्रम सुरु  भईसकेको थियो । सन्चालिका बोलिन् -‘गाउँ  महिला समुह’की अध्यक्ष श्रीमती मालिक्नीज्युलाई सभापतिको आशन ग्रहण गरिदिन अनुरोध गर्दछु ।’

मालिक्नी हतार हतार मञ्चमा उक्लिदै  आसन ग्रहण गरिन् । त्यसपछी  कार्यक्रम सन्चालिकाले  बिशेष अतिथीको नाम बोलाईन् -‘श्रमिक अभियन्ता सुश्री कान्छिमाया !’

कान्छीमाया उनै कान्छी थिईन् जसलाई मालिक्निले अघि भरखर कुटेकी थिईन् । झुत्रे कपडा, यातनाकाे  डाम बोकेकी कान्छी मञ्चमा चढ्दा सहभागीहरूमा हल्लिखल्ली मच्चियो !  सबैभन्दा खतरा त उनै मालिक्निलाई भयो ।
कान्छीलाई बिशिष्ठ अतिथिको रुपमा देखेर कार्यक्रमको अध्यक्षता गर्दै गरेकी श्रीमती मालिक्नीज्यु बेहोस हुनु भएछ । होश खुल्यो कि खुलेको छैन कुन्नी !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com