देउवा सरले बोली फेर्नुको गजुरियालिटी यस्तो रहेछ…

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार ०१:२७

सरकारले बिप्लव समुहमाथि प्रतिवन्ध लगाएको भोलिपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समर्थन जनाएका थिए ।  यतिमात्र होईन, कारबाही नै गर्नुपर्ने कुरा समेत उठाएका थिए । तर, ३ दिन नबित्दै शेर बहादुर दाई ९० डिग्रीमा मर्किनु भयो- ‘भन्देखिनलाई, सम्वादद्वारा निकास खोज्नु पर्छ ।’

कहिलेकाही मर्किने भए पो छक्क पर्नु, सधैंको बानी पर्यो, हाँस्न बाहेक केही सकिन्न । हिलोमा चिप्लिएको भए पो धोइपखाली गर्नु,  कुरामा चिप्लिरहनेलाई कुरीकुरी भन्नू बाहेक केही सकिन्न ।

चिया पसलमा दुई जना खासखुस कुरा गरेको सुनियो ।  एकले भने- ‘ठुलो मान्छेले कुरोको चुरो समातेर बोल्नू पर्ने ! कहिले यो, कहिले त्यो ! के पेण्डुलम बनेका होलान् बड्डा !’ अर्काले थपे – ‘हो त, कुरा फेरिरहनेलाई त द्वालपाटे वा दुइजिब्रे भन्छन् है !’

                                                                   (तस्वीर सभार:सामाजिक सन्जाल)
यो कुरा सुनेपछि शेरबहादुर बड्डाले  किन जिब्रो फेरेछन् भनेर गजुरीयल खोज गर्याैं । अर्ध-निष्कर्ष यस्तो आयो !  

* प्रतिपक्षको अ-धर्म ‘सेतोलाई कालो, सुकेकोलाई आलो’ भन्ने हो । यही बानी   झुक्किएर ‘सेतालो’ (सेतो+आलो) भनेकोमा भुल सँच्याएको होला !

* २०५२/२०५८ को एमालेले लगाएको गुन, नेकपालाई फर्काउनु पर्ने ‘बड्डा’ले बिर्सिएकोले केटाले सम्झाएसी कुरा फर्काएको हुनसक्छ !

* नेकपाभित्र दाजुभाईकै कुरा ‘भ्याउ भ्याउ र म्याउ म्याउ’  भइरहेकोले  ‘जाँतोलाई भन्दा हातालाई खसखस’ हुनुहुन्न भन्ठानेर होला !
* आन्तरीक कलह चुलिएको कांग्रेसमा घरको लठ्ठी कमजोर भएकोबेला, सरकारी लठ्ठी परेको फेला, पौडेलले देउवालाई हिर्काएको होला !
* हड्बड गर्ने बानी गड्बडे बोली, आबेगी मनले त्यहि बोल्यो होला, लरबरे जिब्रो चिप्लियो होला !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com