बाँचुन्जेल सत्तोसराप, मरेपछि जयजयकार ! आजका हेडलाईन

प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार ०२:०१

‘नेपाललाई हिन्दु राष्ट्र बनाउनु भनेको राजसँस्था फर्काउने कुरा हो, म त्यसको पक्षमा छैन ।’ – डा. शसांक कोइराला
माछा आउँदा दुलो भित्र हात, भ्यागुत्तो आए दुलो बाहिर हात ! जय नेपाल सा’प !

‘चताराका दुई जोगीबीच जुँगाको लडाईँ, सरकारले दियो पचास लाख !’
पैसाले लडाइँ रोकिन्छ र, अझै बढ्दै पो जान्छ त !

‘कृषिमा  राजा महेन्द्रले राम्रो गर्न खोजेका रहेछन !’ -मन्त्री खनाल
बाँचेका भए सत्तोसराप – मरेर गए जयजयकार !’

‘बन्दुक बिसाएर बाँसुरी बजाउने पुर्वछापामार !’
बधाई छ उनलाई, ठोक्न भन्दा फुक्नै सजिलो !

‘किन पारित भएन दिर्घकालीन २५ बर्षीय योजना ?’
योजना दिर्घकालीन भएर के गर्नु, मानसिकता तात्कालिक भएपछि !

‘मिल्यो पुर्व एमाले र माओवादीको भागबण्डा, मिलेन ओली- नेपाल झगडा !’
अल्सरको उपचार भयो, क्यान्सर ज्युँका त्युँ !

‘नयाँशक्ति पार्टी काठमाण्डौमा खोलिएको म:म: पसल जस्तो होइन ।’ – डा.बुबाराम भट्टटराई
ग्राहक नै नआउने हाईवेको फास्टफुड क्याफे जस्तो हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com