अम्रिकी एनआरएनमा अचम्मका उम्मेदवार जसले आफुलाई हराईदिन अनुरोध गरे !

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार ०१:१३

अमेरिकामा अहिले एनारानहरुको चुनाव नजिकिंदैछ । भिन्नभिन्न घोषणा-पत्र सहित बिभिन्न उम्मेदवारहरु मैदानमा छन् । तिनै मध्ये एक हुन् – अर्जुन दाहाल ‘चक्मेकाका’ । ‘चक्मेकाका’ कनेक्टिकट राज्यमा बस्छन तर कुनै संस्थाले टिकट दिएनन् । टिकट नपाएपछि सिस्नुपानी निकट दाहालले आफैं ‘नुन-चिनी-पानी’ संस्था खोलेर चुनावमा जानी निधो गरेका छन् ।

-अर्जुन दाहाल ‘चक्मेकाकाको चुनावी घोषणा-पत्र-

१. अरिङ्गाललाई रातो र बारुलालाई पहेँलो खादाको ब्यबस्था गरिनेछ !

२. सदस्यता दर्ता गर्ने अन्तिम ३ दिन हुने ‘सर्बर इरर’लाई बढीमा एकदिन मात्र राखिनेछ !

३. ‘तत्व’ भन्ने शव्दलाई परिमार्जन गरी ‘कूतत्व’ लेखिने छ ।

४. कुनै आमूक व्याक्तिले धम्की दिएमा ‘प्रबक्ता’लाई जिम्मेम्मेवारी लिन बाध्य गरिने छैन !

५. ‘मेम्बर्सिप ड्राईभ’ गर्दा समाजिक अभियन्ताहरु प्लेनमा धेरै उड्नु पर्ने भएकोले विषेश छूटको लागी अमेरिकन एअरलाईन्सलाई दबाब दिईनेछ !

६. नेपाल सरकारसंग बार्ता गर्न गएको बेला दैनिक कम्तिमा बिहान, दिऊँसो र बेलुका फरक-फरक नेतासंगको तस्विर अनिवार्य पोष्ट गरिनेछ !

७. कब्जा गर्न (लोकतान्त्रीक /प्रजाअतान्त्रीक) तयार पारिएका दस्तालाई नै च्याप्टरको जिम्मेवारी दिइनेछ !

८. जितेको आफ्नो छेत्रबाट कम्तिमा दुइबर्ष (आफ्नो कार्यकाल भरि) बसाँई हिँड्न नपाउने ब्यबस्था गरिने छ !

९. निरन्तर खवरदारी गर्ने पत्रकारलाई एक गरिमामय पदमा राखिनेछ भने केही पत्रकारको झाँको झारिने छ !

१०. तिन लाख नेपालीहरुले नै सदस्य बन्ने चहाना राखेमा उनिहरुको नेपालको धनीपुर्जाको फोटोकपी बुझाएमा मात्र बन्न सक्ने नियम बनाईनेछ !

११. प्रमाणिकरणले आसंका गरेमा सक्कली कागजातसहित भौतिक रुपमा हाजिर हुनुपर्ने ब्यबस्था गरिनेछ !

१२. चुनाव जितेपछि राजनीति, जात, क्षेत्र, वार्ग,लिङ्गको फरक-फरक गुट बनाएर संस्थालाई फुट, लुट र झुठको नमुना बनाईने छ !


*डिस्क्लेमर

आफ्नो अमुल्य मत मलाई नदिएर अत्याधिक झ्याउमतद्वारा जमानत जफत गराई दिनु हुन हार-दिक्क अनुरोध गर्दछु । जय एनारान !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com