नासाले पत्ता लगायो जीवन र जगतको रहस्य !

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहीबार ०४:०६

।।नासा।।
एउटा राजनैतीक प्रशिक्षण चल्दै थियो । सहभागीहरु तिनखालमा थिए- सुन्दास, ठगन्दास र पढन्दास । ‘सुन्दास’ अर्थात् थोरै सुन्ने-, अल्प बुझ्ने र अंशमात्र भन्ने, ठगन्दास अर्थात् मनगणन्ते कुरामा रमाउने, ‘ठगन्दास्’ र विषय उपर गहिरिएर अध्ययन गर्ने । आउनुस्, उनिहरुका जिवन दर्शन पढौं ।

राजनैतिक प्रशिक्षकले सोधे – ‘जिवन र जगतबीचको अन्तर-सम्वन्ध के हो ? यो बुझ्न नसक्दा समाज र ब्यक्तिलाई के असर पर्छ ?’

सहभागीहरुले तिन खालका जवाफ फर्काए । सुन्दास भन्छन् – ‘म छु र न माटो छ, अनि हिंड्ने बाटो छ । दिउँसो न राती, कोही नभए साथी । यो ज्यान हुन्छ घाँडो, आफल्दे हुन्छ ठाँडो । खान नपाए पेटभरी, यो ज्यान हुन्छ मरेसरी । जिवन भन्या बाँच्नु हो, मोज मस्ती गरि । जगत हिड़ोस रुँदै धरधरी ।’

ठगन्दास भन्छन् – ‘जिवन र जगत तिनै हुन, मिल्ने दुई यिनै हुन । जिवनलाई तलकुरे लाउँदा जिबु हुन्छ । एकलखे लगाउँदा जिवे बन्छ । दुबै भट्टीमा जान्छन् । दैनिकजसो खड्डू खान्छन् । सम्झाउँदा संकिन्छन् । फकाउँदा फन्किन्छन् । सानालाई हेर्दैनन्, ठुलालाई टेर्दैनन् । समाजिक काममा जुट्दैनन्, दुईजना कहिल्यै फुट्दैनन् । यहि हो हाम्रो जीवन, यसैमा जोडियो जगत । जिवन जगत नमिले, सामाजिक सम्वन्ध फगत !’

पढन्दास् भन्छन – ‘मान्छे च्याँहा गर्दै एक्लै जन्मन्छ । प्याँहा गर्दै आमासँग जोडिन्छ । हुर्किंदै गएपछि दाजुभाईसंग जोडिन्छ । बिहेगरेपछी बुहारीसंग जोडिन्छ । सासु ससुरा, छरछिमेकी, साथी-सँगीसँग जोडिन्छ । जागिरमा जोडिन्छ । यसैमा नाता जोडिन्छ, अरु सम्बन्ध तोडिन्छ ।’

यी तीनजनाको तिन फरक तर्कलाई आधार मानेर हामी यहि निष्कर्ष निकाल्न सक्छौं कि पेटको न्यानोबाट बाहिर चिसोमा निस्कँदा रुनु पर्छ । कान भएकी आमाले सुन्नै पर्छ । साथ सहयोगको आश र लोभ सबैमा हुन्छ । सासु ससुरा, छरछिमेकीलाई पनि कामको बोध हुन्छ । खेल्ने र कुद्ने चाहिन्छ साथी, तनमन मिल्ने अरु हुन्न माथि । पढाईको प्रभाव चर्कै हुन्छ । बुद्धि र बिबेक अर्कै हुन्छ । जागिर खाने मन हुन्छ । अवसर दिने सँग धन हुन्छ । जन्म र मृत्युको बीचमा जोडिने सबै संगती, एकले अर्कोलाई छोडेमा आइहाल्छ दुर्गति । एउटाको सहयोग नरहे अर्काको दाल गल्दैन । आपसी सम्वन्ध नजोडे संसार चल्दै चल्दैन !

*डिस्क्लेमर
नासा = नारायण सापकोटा

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com