‘यस्तो गाली गर्नोस् कि गाली खाने नै मुख मिठ्याओस् !’- भिर्जा गालिव

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहीबार ०४:०४

इटहरीका मेयर द्वारिकालाल र पत्रकार विराट अनुपमपनि चर्चाको चौघेरामा हुनुहुन्छ ।तर, यो प्रसङ्ग को ठिक, को बेठिक भन्ने होईन । नेपाली गालीको पहिचान, उत्खनन र प्रयोग गर्नु हो । जस्तो कि- ‘लोपारिए दिन्छु’, ‘नाँकडाडी भाँचिए दिन्छु’ ईत्यादी ।

ठेट गाली जोगाउन मेयर-पत्रकार जुहारी अझै चल्नदिनु पर्ने देखिन्छ । यसो भएमा रिसमा बोलिने बिषयुक्त बोली र उत्तेजनामा निस्कने खुत्तेजनात्मक शब्दहरुले पुनर्जीवन पाउँछन् । कसैलाई पनि नयाँ शब्दको खाँचो नहोस् र बोल्दा गन्ध नमिलेपनि छन्द नबिग्रियोस् भनेर हामीले यहाँ खुत्तेजनात्मक शब्दकोश तयार गरेका छौं ।

‘फेरी बोल त, तेरो मुख च्यातिदिन्छु ।’ ‘सामुन्ने आईज मात्र,काँन्लामुनि फ्याँकिदिन्छु ।’ ‘धेरै तनक्क नतन्कि, ढड्नासो खुस्काईदिन्छु ।’ ‘बुरुक् बुरुक् नउफ्री, तिघ्राको मासु झारिदिन्छु ।’ ‘यो बाटो नहिंड, नलिखुट्टा भाँचीदिन्छु ।’ ‘फुर्ती नगर, कालो मोसो दल्छु ।’ ‘धेरै नसंकी, पोस्टर बनाई दिन्छु ।’ ‘बढ्ता नसिका, बाउको बिहे देखाईदिन्छु ।’ ‘चाँहे भने तँलाई खोरमा पुर्याउछु ।’ ‘भागिस भने पछार्छु ।’ ‘गिदी निस्केला, होस गर् ।’ ‘लिदी निस्केला, थान्कामा बस् ।’

‘चाँहे भने सुली चढाउँन सक्छु ।’ ‘आँटे भने कात्रो ओढाउन सक्छु ।’ ‘जुध्न नआइज, खोपडी उँड्ला ।’ ‘धेरै नमच्ची, पछरिएलास् । ‘के के नाप्छस नाप ।’ ‘डाडुको पानीमा डुबेर मरे हुन्छ ।’ ‘एकबाबुको छोरो होस् भने, आईज ।’ ‘हेर्दाको डाल, ढिंडो काल । ‘नामर्द मोरा, खोलामै हाम फाल् ।’ ‘फर्केर आईछस्, मेरै हात मर्छस् ।’

थप गाली भए भन्नुस् प्लिज, हामीलाई चाहिएको छ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com