भारतीय तरकारीमा बिषादीको हल्लापछि गुन्द्रुकको माग ह्वात्तै बढ्यो…

६ महिनामै ह्वातै बढाइएका ब्रोइलर कुखुरा, ४५ दिनमै स्वात्तै फ़ुलाइएका फलफुलको विरोध गर्न सुहाउँछ ? गाईले गोरुको अनुहारै देखेको हुन्न, सुई लगाएर पेट बोकाईन्छ । त्यस्ता गाईका दूधबाट अर्ग्यानिक घिउ निकाल्न सम्भव छ ? अमृत मानेर पिइएका पेय पदार्थ शतप्रतिशत शुद्ध छन् ?

शोकैशोकको भारी सुई कुकुरादेखी रोगैरोगको भकारी चटपटे, तीनदिन बासी चाउमिनहुँदै कुहिने गाउँ नै गन्हाउने ‘चप्पले रक्सी’- सबै हाम्रै मौलिक हुन लागेका छन् । हाम्रा त नारा पनि आउटडेटेड छन् । मिति नाघेका खाद्य बिक्री गर्नेलाई कानुनले सजाय तोकेको छ, उही मिति नाघेका घोषणा र नारा गर्नेलाई के कारबाही हुन्न । त्यता कसले ध्यान दिने ?

धुलोमैलोले पुरिएर मात्रै हो, धोईपखाली गर्ने हो भने हाम्रा राष्ट्रियतामै कति धेरै दागैदाग छन् । कसले हेर्ने ? जाँच्ने कसी के हो ? राष्ट्रियताकै कुरा गुथ्ने हो भने गुन्द्रुक र ढिढोँ मात्रै हाम्रो हो । त्यही मात्रै खाएर बाँच्न सम्भव छ ? छैन भने भारतीय तरकारीको विरोध गर्न छौडौं । बरु हल्ला नगरी त्यही तरकारी पखालेको पानीले हाम्रा तरकारीबारीमा छर्किऔं, शत्रु किरा भगाऔं ।

विदेशीले पनि यसरी चिन्न लागिसके “चाउमिन ममज खायेंगे, नेपालमें बस जायेंगे ।” गाँठी कुरो गुन्द्रुकलाई राष्ट्रिय तरकारी र ढिँढो/रोटीलाई राष्ट्रिय खाना घोषणा गर्ने बेला यही हो । लौ न, प्रमज्यु, एक पटक ट्राई गरौँ । दुताबासले दबाब दिएछ भने फेरी स्वाभिमानका साथ घोषणा फिर्ता लिउँला नि ! *Pic- Social Media

-संप्रस पौडेल , Heyटौडा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com