योगेश मन्त्री बनेपछि जुकरवर्गले लेखे– ‘अवेर अफ चाकड !’ शुभचिन्तक भन्छन्– ‘भट्टराई मेरा पूर्वजन्म देखिकै साथी !’

प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार १४:२३

आज दिउँसो १२ बजे अकस्मात एउटा हल्ला चल्यो– ‘योगेश भट्टराई मन्त्री बन्दैछन् !’ १ बजेतिर प्रमुख सल्लाहकार बिष्णु रिमालले लेखे– ‘४ बजे सपथ ग्रहण हुँदैछ ।’ २ बजेदेखी सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ट्राफिकजाम शुरु भयो । यो समाचार तयार पार्दासम्म फेसबुक ‘रिकभर’ भएको छैन । जुकरबर्गले लेखेका छन्– ‘वी आर ट्राईङ् टु फिक्स द ‘कंग्राचुलेटिङ् ईरर’ फ्रम नेपाल ! अवेर अफ चाकड मिस्टर मिनिस्टर !’

ट्विटरमा पनि यस्तै समस्या देखिएको छ । ट्विटरका सफ्टवेयर हेड ट्याङ्क् मार्क भन्छन्, ‘मन्त्रीलाई बधाई दिनेको भिंडले यो समस्या आएको हो । केही दिनमा गाली गाली आउन थालेपछि प्रोब्लम आफैं सल्भ हुनेछ ।’

समाजशाष्त्री मन्ज गजुर भन्छन्, ‘सबैभन्दा धेरै तारिफ गर्नेहरु नै सबैभन्दा छिटो बिरोध गर्छन् । आज एक हात माथी उफ्रिएर शुभकामना दिने मान्छे आफ्नो काम नभएको भोलीपल्ट दुई हात तल झेरर सत्तोसराप गर्न थाल्नेछ । त्यसैले चाकडी र तारिफको भेद छुट्याउनु सक्नुपर्छ ।’

अर्को समाचार अनुसार, योगेशको सपथपछि देशभरिका मोबाईल केन्द्रहरुमा भिंड बढेको छ । ‘खतिवडा मोबाईल सेन्टर’का नेत्र खतिवडा भन्छन्, ‘हजारौंले एकैपटक योगेश भट्टराईसंगको फोटो सर्च गर्दा मोबाईलमा ‘हनुम्यानीया’ भाईरसले अट्याक गरेको देखिन्छ ।’

अहिले योगेशसंग बिभिन्न समयमा खिचेका भिन्न भिन्न तस्विरहरुले सामाजिक सञ्जाल रंगिएको छ । योगेश भट्टराईसंगको फोटो नभेट्नेले बाबुराम भट्टराईसंगको फोटो हालेका छन् । केहीले लेखराज भट्टसंगको फोटो पोष्टेका छन् भने केहीले राजकुमार राईसंगको फोटो हालेर योगेश भट्टराईलाई बधाई दिएकाछन् ! फोटोसपबाट तयार फोटो राख्दै एक महान चाप्लुसले लेखेका छन्, ‘योगेशजी, मेरो नजन्मिंदै देखिको मित्र हुनु हुनुहुन्छ । म आफैं मन्त्री भएजस्तो लागि रहेको छ ।’

संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराइले भने यस बिषयमा धेरै टिप्पणी गर्न मानेनन् । यतिमात्रै भने, ‘माथीको समाचार गजुरीयल डटकमको अर्धसत्य टिप्पणीमात्र हो । तस्कर, दलाल, चोर, चाप्लुस, चाकडीबाज, दलाल र भ्रष्टको घेरा तोड्न सकिंन भने पुर्णसत्य पनि हुनसक्छ ! म भन्न हैन, गर्ण्न चाहान्छु । त्यसैले मलाई काम गर्ण्न दिनोस् ।’

 

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

तस्विर सौजन्य : सामाजिक संजाल  

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com