‘काम गर्न नसके राजिनामा दिन्छु !’ – किन यसो भने ?

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार ०५:२३

‘संसद् र सरकारको सम्वन्ध श्रीमान्- श्रीमतीजस्तो होइन ।’ – लक्ष्मणलाल कर्ण
गर्लफ्रेण्ड-ब्वाईफ्रेण्ड जस्तो हुनु पर्ने हो, खाँदा मिल्ने, दिंदा रिसाउने !

‘कांग्रेसको सरकार भएको भए मेलम्चीको पानी आइसक्ने थियो ।’ – प्रकाशमान सिंह
घरमा छँदा माखो नमार्ने, गाउँमा गएर  कुराले दोचार्ने ! 

‘प्रधानमन्त्री रोजगार संसारकै सफल कार्यक्रम ।’ -श्रममन्त्री विष्ट
संसारमा सफल तर नेपालमा असफल भन्दैछन त !

‘न्यायपालिका मर्माहत भएको छ, मैले पत्रकारसँग सहयोग मागें ।’ – प्रधानन्यायाधीश
न्यायको डाक्टर तपाईँ नै हो, उपचार गर्न आउने को ?

गृहसचिवको प्रस्ताब : ‘कर्मचारीमा ‘छड्के प्रबेश’ विकृति ल्यायो, खारेज गरौं ।’
छड्के प्रबेशलेमात्र हैन, छड्के निकास (हाजिर गरेर टाप कस्ने) कुराले पनि बिकृति !

प्रधानमन्त्री रोजगार कार्यक्रम : १ लाख ७६ हजारले रोजगारी पाएको दाबी
रोजगार पाउने २२८७ × ७७ गुना, चर्चा र सन्तुस्टी देखिन्छ सुन्ना !

‘काम गर्न नसक्ने महशुस हुनासाथ राजिनामा दिन्छु !’ – पर्यटनमन्त्री भट्टराई !
कि पस्दै नपस, पसेपछी मोती टिपेरमात्रै निस्क ।’ – मनराष्ट्रमन्त्री ।

तस्वीर साभार: सामाजिक सन्जालबाट
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com