‘पदम कुँवरको झापडलाई ‘अग्रगामी लबटो’ ठानेका छौं !’ -कमरेड प्रचण्ड

प्रकाशित मिति: २६ श्रावण २०७६, आईतवार ०४:२०

 

‘थोत्रा गाडी दिएर अपमान गरेपछि ल्याडक्रुजर किनें ।’ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
थप अपमान गरेमा ल्याण्ड क्रुजर पार्किंङ् गर्ने महलपनि बनाउन सकिन्छ ।

‘चुनावमा चन्दा लिएकाले सिमेन्टको मूल्य बढ्दा पनि बोल्न सकेनौं ।’– मन्त्री मातृका यादव
यही सत्य बोली मन्त्री पद खुस्किने मूल कारण बन्ने खतरा !

‘संघियता भनेर रोपेको, अर्थोकै उम्रिएलाजस्तो छ ।’ – पुष्पकमल दहाल
अर्ग्यानिक मल लाउनु पर्ने, बिदेशी मल परेपछि यस्तै हो !

म्यानपावर ब्यवसायीको सम्पती छानबिन हुने ! –समाचार
छानबिनबाट जोगिन खानपिनको ब्यवस्था गरिंदै ।–बिचार

देउतालाई नै चल्न छाडे सिक्का, मोहर र डबल : समाचार
मन्दिरको देउताको नाम लिएर महलको एउटा लाने गरेपछि देउताद्धारा दान बहिस्कार !

रिटायर्ड भएपछि पनि भिआईपीद्धारा सुरक्षाकर्मीको दुरुपयोग, सरोकारवाला मौन
लाले काले मिलेर खाउ भाले । यसै भन्थे, मनमोहन बाले ।

‘मैले कसैलाई एक लबटो पनि हानेको छैन र मलाई पनि कसैले हानेको छैन ।’–कमरेड प्रचण्ड
‘जहाँसम्म पदम कुँवरको झापडको सवाल छ, माओवादी भाषामा त्यसलाई ‘अग्रगामी चड्याम’ भन्छन् ।’ –स्वामी प्रचण्ड

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्य मात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी-ब्यहोरासंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि मिल्नेछ । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् 🙂

(तस्विर सौजन्य : सामाजिक संजाल )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com