आमाको अपहरण, छोराको हत्या : सडक चौपायाको दर्दनाक कहानी !

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहीबार ०५:०३

बिहानको एघार बजे । ठिमी चोकमा ट्राफिक प्रहरी गाडी धपाई रहेका थिए ।  ३ वटा गाईका बाच्छाहरु सडकको बिचमै उभिएर ट्राफिकलाई सहयोग गर्दै थिए ।

भक्तपुर तिरबाट एउटा  सुइखुट्टे युवा  ज्यान भन्दा ज्याङ्ग्गो बाईक चढेर आयो । बाईकको गति  बिजुली थियो। स्टायल नागबेली पारामा थियो ।

शुरुमा दुइटा बाच्छालाई बँचायाे, एउटालाई बजायो । बाच्छो  सडकमैं ढल्याे । पहिला तनक्क तन्कियो, अनि बिदा लियो ।

प्रश्न गाईको बाच्छो सडकमा झर्नु , खान नपाएर धुँवा धुलो चर्नु, गाडीको ठक्कर खाएर मर्नु मात्र हैन, सहज रुपमा जन्मनु, सरल रुपमा बाँच्न पाउनु, दानापानी खान पाउनु सबै प्राणीहरुको अधिकार हो ।

यो कुरा नशाले चेत नगुमाएका, जिम्मेवारीले च्यूत नभएका सबैले स्विकार्नु पर्दछ ।ज्यान त बाच्छाको पनि ज्यानै हो ।  पत्रकार शालिग्रामको ज्यान गएकोमा र रवि लामिछानेको प्रतिष्ठा रोएकोमा सडक देखि सदन  सम्म चर्चा परिचर्चा  चलिरहेको छ । निर्दोषले न्याय पाउने र दोषीलाई सजाय मिल्ने आशा पनि छ ।

बोलिदिने कोही हुँदा यी बाच्छाको पक्षमा पनि जुलुश हुने थियो । चौकीमा सुनुवाई हुने थियो । आफ्नी गौमाताको लाम्टो अर्कैले रित्याएर सडकमा लखेटिएको यस्ता बाच्छाहरुको प्राकृतिक अधिकार कस्ले देला ? पशु  अधिकारकर्मी कता छन् कुन्नी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com