दूध बेचेर कोकोकोला पिलाउने सोसाईटी !
प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार ०२:५४
धनप्रसादको एउटा छोरो थियो- मनखुश । ५ बर्षको मनखुश परिवारको खुशी हो । छोरालाई खुशी दिनु धनप्रसादको मुख्य कर्तब्य पनि हो ।
धनप्रसादले छोराको खुशीको लागि एउटा भैंसी पालेकाे थियो । उनि सखारै उठ्थे । दैनिकीमा जुट्थे । छोरो मनखुश पनि बाबुकै पछिपछि कुद्थ्यो ।
मनखुश भैंसी दुहेको ठाउँमा पुग्थ्यो । दुंधेरोमा परेको दुधको सिर्काबाट निस्कने ग्वाईँ ग्वाईँ आवाज सुनेर रमाउथ्यो । दुधमा उठेको फिँज देखेर मुख मिठ्याउँथ्यो ।
एक दिन मनखुसले काँचाे दुधको स्वाद चाख्ने रहर गर्यो- ‘बुबा अर्ग्यानिक दुधको स्वाद कस्तो हुन्छ ?’ छोराको कुरो बुझेर पनि धनप्रसादले नबुझे झैं गरेर भन्यो – ‘यो दुध खाने होइन छोरा बेच्ने हो ।’
मनखुसको चित्त बुझेन । सोध्यो- ‘बेचेर के गर्नु हुन्छ ?’ छोराको प्रश्न सुनेपछि धनप्रसाद झस्कियो-‘सुन छोरा, दुध बेचेर पैसा आउँछ । पैसाले कोक, फ्यान्टा ल्याउने हो ।’
गर्यो- ‘सुन छोरा, जमाना यो आधुनिक सबैले बुझ्नु पर्छ, पाहुना आउँदा पानी हैन कोकले पुज्नु पर्छ ।
कोक दिंदा ह्विस्की ठान्छन् दुध दिंदा पानी,
पानी जस्तो दुध किन दिने जानी जानी !
तागत आउला भनेर दुध खाएँ मैले, जति दुध खाए पनि आएन तागत कहिले !
दुध बेचेर ल्याउन थालें खोयाबिर्के जल,
पिउन सुरु गरेपछि अनि आयो बल ! तिम्री आमा खुशी हुन्छिन् रेडबुल हातमा दिँदा ,
मलाई पनि साथी हुने खोयाबिर्के लिँदा ! ।’
हिपहप जवाफमा छोरो नाँची रहेको देखेपछी बाबुले भन्यो -‘त्यसैले दुध बेचेर ल्याउने गर्छु कोक, मेरो पनि पुरा हुन्छ खोयाबिर्के सोख !’
ReplyForward
|