पुर्वाञ्चलमा अपाङ्ग पुनर्स्थापना केन्द्र अभियान : हामी कोही सपाङ्ग छैनौं !

प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार ०४:०६

अपाङ्गता पापको फल हैन, दुर्घटनाको प्रतिफल हो । जन्मजात अपाङ्गता प्राकृतिक दुर्घटना हो । जन्मिएपछिको अपाङ्गता भौतिक दुर्घटना हो ।
दुर्घटनामा जो कोही पर्न सक्छ । आज ठमठम हिडि रहेको मान्छे भोली ह्विल चियरमा हुनसक्छ । अहिले मज्जाले देख्दै गरेको मान्छेको संसार एकछिनमा अँध्याराे हुन सक्छ । हामी कोहीपनी सुरक्षित छैनौं ।

यसर्थमा हामी सबै अपाङ्गता भएका ब्यक्तीका साथी हौं । सहयोगी हौं । सदस्य हौं । यो समुदाय पनि मेरै समुदाय हो भन्ने आवाज अन्तरमनबाट आउनु पर्छ ।

अन्तरमनको यही आवाजलाई सुन्दै हामी झापाको दमकमा ‘प्रदेश स्तरीय अपाङ्ग पुनर्थापना केन्द्र’ स्थापनामा जुटेका छौँ । अपाङ्ग सहयोग समिती, दमकको अगुवाईमा यो आयोजना शुरु भएको छ । अपाङ्गता भएका अभियन्ता खगेन्द्र बहादुर भट्टराई, मदन कुमार बोहरा, भक्त बस्नेत, पार्बता श्रेष्ठ, कलाकार राजा राजेन्द्र लगायत हामी थुप्रै अभियानमा सहभागी छौँ ।

हाम्रो सदिक्षा छ- यो सेवामुलक कार्य मागेर गर्न नपरोस् । हाम्रो कर्म देखेर राजी खुशिले सहयोग गर्न आउनेलाई स्वागत गर्न पाईयोस् । त्यो भन्दा पनि ठूलो कुरा कुनै आय आर्जन को काम मार्फत यो आयोजना सफल पार्न सकियोस् ।

आयोजनाले अहिलेसम्म गरेका कामहरु :
१. दमक नगरपालिका – ४ मा छ कठ्ठा जग्गा प्राप्त- समाजसेवी टंक प्रसाद सिटौला, मोहन प्रसाद अधिकारी, कृष्णराज खतिवडा, दीपक प्रसाईं र भुमी खरेलबाट ।

२. अपाङ्गता भएका ब्यक्ती, परिवारका सदस्य र आफन्तहरुद्वारा २ कठ्ठा खरिद ।

३. २ कठ्ठा जग्गा दमक नगरपालिकाको तर्फबाट खरिद सहयोग ।

४. नगरपालिकाको आर्थिक सहयोगमा रु. ५,०००००/- (पाँच लाखमात्र) बराबरको कम्पाउन्ड वाल   निर्माण शुरुवात ।

५. फरक फरक अपाङ्गता भएका ब्यक्तिहरुको कथा, ब्यथा, सिर्जना उत्प्रेणा समेटिएका भिडियो उत्पादन र युट्युबबाट आर्थिक संकलनको उद्देश्य सहित प्रशारण गर्ने ।

६. दशै तिहारको बिचमा देशका चर्चित प्रतिभाहरुको सहयोगमा आयमुलक कार्यक्रम आयोजना गर्ने ।

(नोट: यो अभियानबाट हामी प्रचार चाहादैनाैं तर निर्माणका लागि सुचना जरुरी छ । मागेर होईन, आय मुलक काम गरेर यो अभियान सम्पन्न गर्न चाहान्छाैं । यसकालागी के के गर्न सक्छौं, लौ न, सुझाव  पाउँ ।)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com