भारतमा ३ महिना, नेपालमा ३ घण्टा – के हो ?

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार ०४:२२

नेपाल–भारतबिच दाई भाईको संबन्ध छ, बोलीमा ! तर ब्यवहारमा कस्तो छ ? यसको जवाफ सिनेकर्मी दीपकराज गिरीले दिएकाछन् । हिजो आफ्नो फेसबुक पोष्टमा उनले भनेकाछन्- ‘अब भन्नोस्, हामी कहाँबाट सञ्चालित छौं ? कहाँ छौं ? ?’

-नेपालमा भारतीय सिनेमा हेरिन्छ । भारतमा पनि नेपाल सिनेमा देखाईन्छ । तर, भारतमा नेपाली सिनेमा सेन्सर गर्ने तरिका फरक छ !

-भारतमा नेपाली सिनेमा सेन्सर हुन ३ महिना लाग्छ भने नेपालमा भारतीय हिन्दी सिनेमा ३ घण्टामा सेन्सर हुन्छ !

-भारतमा नेपाली सिनेमाको स्कृप्ट अंग्रेजीमा लेखिएको हुनुपर्छ, यता नेपालमा सञ्चार मन्त्रालयका प्रतिनिधिले हिन्दीमै सिनेमा हेर्छन्, सहि धस्काउछन् !

-भारतमा नेपाली सिनेमा पास गराउन अनेकौं हण्डर खानुपर्छ, नेपालमा कर्मचारीे एक कप चिया पिईसक्दा पास भईसक्छ !

-सेन्सर भएपनि भारतमा नेपाली सिनेमा कैले चल्छ थाहा हुन्न, नेपालमा भने भारतमा रिलिज भएको शुक्रबारकै दिन बिहान सेन्सर पास हुन्छ । अनि हल हलमा लाग्न थाल्छ ! अब भन्नोस्, हामी कहाँबाट सञ्चालित छौं ? कहाँ छौं ? ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com