संविधान दिवस कि संविधान डिवाेर्स !

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार ०६:५५

संविधान दिवसको शुभकामना । यो संविधानलाई उज्यालो मान्नेलाई शुभकामना । आफ्नो मात बपौती ठान्नेलाई शुभकामना ! संविधानको गित गाउनेलाई शुभकामना । संबिधानकाे नाम लिएर भत्ता पचाउनेलाई शुभकामना !

भ्रष्टाचार बिरुद्ध काम गर्नेलाई शुभ कामना । कुरा मात्र उठाउने सरकारलाई शुभकामना ! भ्रष्टाचारीलाई कारबाही गर्ने  प्रशासकलाई शुभकामना । प्रमाण लुकाउने शाषकलाई शुभकामना  ! संबिधानको सुबिधा प्रयोग गर्दै हिंसा भड्काउने टावर ब्रोकरलाई शुभकामना । कानूनले समातेकालाई खुस्रुक्क छुटाउने पावर ब्रोकरलाई पनि शुभकामना !

सत्ता नहुँदा रित्तै भएको ठान्नेलाई शुभकामना ! अर्काले गरेको सबै बेठिक मान्नेलाई शुभकामना ! बिधि र विधानको कुरा तर पालना नगर्नेलाई शुभकामना ! संबिधाननको नाम लिएर भुँडी भर्नेलाई पनि शुभकामना !

तँ देश कहिल्यै नदेख्ने, म-धेशमात्र देख्नेलाई शुभकामना ! छिमेकीको छतमा चढेर आफ्नै घरमा ढुंगा हान्नेलाई शुभकामना !  पद नपाउन्जेल विभेदको जहर देख्नेलाई शुभकामना ! मन्त्री पड्काएपछि चुपचाप लाद्रो भर्नेलाई शुभकामना ! जुन भर्याङ टेकेर संसद चढाउने विधिलाई लाई शुभकामना । चढिसके पछि भर्याङ लडाउने गिदीलाई पनि शुभकामना !
टुप्पोबाट पलाउनेलाई शुभकामना ! फेसबुकमा देश चलाउनेलाई शुभकामना ! गाली गलोज लेख्नेलाई शुभकामना । यहि गालीलाई सुन्दर देख्नेलाई शुभकामना ! आकाशका तारा झार्नेलाई शुभकामना । गलत पोष्ट गरि भ्रम पार्नेलाई शुभकामना !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com