नेकपा र चिनियाँकपाको संबन्ध, भातृत्वपुर्ण कि भात्-रित्तो-अपुर्ण !

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार १०:५८

 

कांग्रेस सांसदलाई आफ्नै पार्टीको मञ्चबाट धकेलियो
हुत्तिएर नेकपा प्रबेश गर्ने खतरा  🙂

मर्यादाक्रम बिबादमा आफ्नै कार्यकर्ताद्वारा सांसदमाथी हातपात
मतदाता पनि त्यसैको तयारीमा 🙂

‘प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था बदल्न बिपक्षीको माग ।’
‘भर्तीकेन्द्र बन्द गर्ने षडयन्त्रको संकेत !’ :  सरकारी पक्षको आशंका 🙂

‘नेकपाले संविधान सिध्याउन चिनियाँ कम्युनिस्ट पार्टीसँग प्रशिक्षण चलायो ।’ -निधि
‘त्यो काम त हामीले पो गर्ने हो त ।’  – बिपक्षी प्रतिनिधि  🙂

‘कर्मचारीलाई गाईवस्तु छाडेजस्तो नछाड्नुस् ।’ – मन्त्री पण्डित
हाम्ले बाध्ने कि तिम्ले ? 🙂

गृह र शिक्षा मन्त्रीको निर्णय : मेडिकल कलेजले लिएका अवैधानिक शुल्क फिर्ता नगरे कारबाही….
…गरेजस्तो गरिनेछ । 🙂

‘चीनसँगकाे संबन्धलाई लिएर कांग्रेस आत्तिनु पर्दैन ।’ -सरकार पक्षीय नेता
‘आत्तिएको हैन, डराएकोमात्र हो !’ – काङ्ग्रेस  पक्षीय नेता 🙂

‘नेकपा र चिकपाको सम्बन्ध भ्रातृत्वको हो ।’ -नेकपा
भातृत्व ! नेकपाका कुनैपनी नेताको अनुहार माओसँग मिल्दैन त !! 🙂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com