ल्याबमा ल्यापल्याप, जिल्लालाई मिल्ला !

प्रकाशित मिति: ३ कार्तिक २०७६, आईतवार ०९:०२

नीतिले सबैका लागि बराबर दिन्छ, नेताले आफुलाई बढी लिन्छ ! नेतामा आफ्नै ठाउँमा बनाउने र नाम कमाउने लोभ देखिन्छ । आफु र आफ्नाको उन्नत्ती मोहमा फस्न सक्ने तर सिंगो देश र जनताको मायाँमा पस्नै नसक्ने, पसे पनि बस्न नसक्ने ‘पर-वृत्ति’ नेपाली लाजनीतिमा झाँगिएको छ । यस्ता कार्यले गर्दा थाहै नपाई नेतृत्वको प्रतिष्ठा नाङ्गिएको छ ।

नलाइन खबरका अनुसार  सरकारले साढे ३ अर्व खर्च गरेर देशभर १ हजार विद्यालयमा बिज्ञान प्रबिधि प्रयोगशाला बनाउने निर्णय गरेको छ । सबै जिल्लालाई भाग लगाउँदा  प्रत्येक जिल्लालाई ६ वटा पर्ने रहेछ ।

विद्यालयको संख्याको आधारमा बाँड्ने हो भने पनि ८ वटा मात्र विद्यालय पर्ने गाेकुल मन्त्रीज्युको जिल्लाले ९७ स्थानमा सुबिधा पाउनुलाइ खासै अनौठो मान्नु पर्दैन ।

संचारमंत्री गोकुल बाँस्कोटाको मातहतमा रहेको नेपाल दुरसंचार प्राधिकरणको ग्रामिण दुरसंचार कोषबाट उक्त रकम खर्च गरिने भएको छ ।

नीति जनतामा लागु हुन्छ, नेतालाई हुँदैन । कानुनले सानालाई सजिलै छुन्छ, ठुलालाई छुँदैन  । यो समाचार सामान्य भएपनि संदेश राम्रो दिएन । तरिका पुरानै भयो, नयाँ बाटो लिदै लिएन । यस्तै कुरालाई भनिन्छ – ‘आफ्ना हात जगन्नाथ !’ कि कसो त ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com