आजका हेड्लाइनहरु : राज्यले अपराधीलाई घेरेर बस्यो, प्रेसले टुलुटुलु हेरेर बस्यो !

प्रकाशित मिति: ६ कार्तिक २०७६, बुधबार १३:१२

शिलान्यासको ७ महिनासम्म पनि अघि बढेन नारायणगढ–बुटवल सडक विस्तार
-शिलान्यासले मात्र कहाँ अघि बढ्छ र, पहिला कमिशन बिन्यांस हुनु पर्यो नि !

आलम संलग्न अर्को अपराध : जिविस सदस्यलाई झुन्ड्याएर मार्ने उद्योग
-हिंशक हिंडेको गोहो पहिल्याउन सके कंकालहरु धेरै भेटिन्छ !  

रौतहट नरसंहारमा १२ वर्ष राज्यले के गर्‍यो ? प्रेसले के गर्‍यो ?
-राज्यले अपराधीलाई  घेरेर बस्यो, प्रेशले  टुलुटुलु हेरेर बस्यो !

विश्वमै नेताहरुविरुद्ध किन बढ्दैछ आक्रोश ?
-बिल्ली बनेर पस्छन, शेर बनेर डस्छन्न, प्रकट हुन्छ रोष, पोख्न थाल्छन आक्रोश !

काँग्रेसले नेविसंघमा ३२ वर्ष माथिको नेतृत्व चयन गर्न लागेपछि फेरि लफडा
-माउ पार्टीका बाउहरुलाई  दाई भनेकै मन पर्ने, छोराले खासै टेर्दैनन् भाईको खोजी गर्ने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com