आफुले आफैलाई यसरी प्रहार गरियो !

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहीबार १२:०५

दु:ख गरेर सम्पत्ति त कमाइयो, तर यसलाई कसरी जोगाउने भन्ने चिन्ता लाग्छ ।
यो तिम्रो चिन्ता होइन, लोभ र मोह हो । तिम्रो बाँकी जीवन समेत दुखी हुने संकेत हो  !

बेलामा मेहनत गरेको थिए , तव न आलिशान महलमा बसेर मर्सिडिज चढ्न सकेको छु ।
यो तिमीले समय र अवसरको अपमान गर्दै प्रकट गरेको अहंकार हो  !

म उमेद्वार नभएको भए कुनै हालतमा यो चुनाव जितिन्नथ्यो ।
यो स्वार्थबाट प्रेरित भई अरुलाई कमजोर देखाउन तिम्रो मनमा उत्पन्न भएको घमण्ड हो  !

उ मान्छे असल हो तर अलि सोझो छ । परिआए केहि गर्न सक्दैन ।
यहाँ तिमी निष्ठामाथि प्रहार गर्दैछौ  ! यो तिम्रो अरुलाई बिस्थापित गर्ने रणनीति हो  !

भविश्यका निम्ति जोगाउँदैछु । मेरो चाहना,आफन्त र सन्ततिहरुले दु:ख नपाउन भन्ने हो ।
तिमीले मृत्यु बिर्सिएका छौ । भविश्य न तिम्रो न उनको कसैको टुङ्गो छैन  ! अर्काले गरिदिएको कर्म अपुरो हुन्छ भन्ने बुझेनौ  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com