कमरेड विष्णु पौडेल सरकारमा नजाने कि नलाने ?!

प्रकाशित मिति: २७ कार्तिक २०७६, बुधबार १९:१८

बङ्गालादेशी राष्ट्रपतिको स्वागतमा गेट बनाईएन
ठुलालाई गेटै गेट,  सानालाई मात्र भेट – हाम्रै नेपालमा !

प्रचण्डका घरबेटी ठेकेदारको फोटो नगरकोट जाने सडकमा : काम नगरेकोमा बिरोध
आजसम्म अनुहार कमैले चिन्थे, दुनियाँले जान्ने भए भनेर निर्माण झन् ढिलो गर्ने खतरा !

वकिलहरुको नैतिक संकट,  आलमको पक्षमा बहस गर्ने कि नगर्ने ?
बहस गर्ने तर कालोमा सेतो र सेतोमा कालो जबर्जस्ती नभर्ने !

देउवाको प्रश्न : ‘राष्ट्रवादी ओली कालापानीबारे किन बोल्दैनन् ?’
तपाईंले नै भनेको हैन त- ‘प्रधानमन्त्री भएपछि धेर बकबक गर्नुहुन्न, अलि सोचेर बोल्नु पर्यो ।’

विष्णु पौडेल सरकारमा नजाने, मन्त्रिपरिषद पुनर्गठनमा को–को पर्दैछन् ?
जानका लागी लानु पनि पर्छ, नलगेपछी कसरी जानु ! हे ललिता !!

‘आलमका मान्छेहरुले चार दिन बन्धक बनाए, बयान फेर्ने कागजमा सही गराए’
सजिव बकितमलाई भन्दा निर्जिव लिखितमलाई प्राथमिकता दिने हाम्रो कानून, अन्धा हो या देख्छ – चलाउनेले जानुन् !

फोटो सभार: सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com