चार खेलाडी कारबाहीको चुरो कुरो !

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार १०:१०

तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा
छापा मार्ने र मारिनेबीच अन्तरिक एकता नाहोस् !

भारतलाई प्रधानमन्त्रीको आग्रह : कालापानीबाट सेना फिर्ता लैजाऊ
प्रधानमन्त्रीज्यू , लाताका भुत बातले मान्ला र !

समाजवादी पार्टीका उम्मेदवार भन्छन् : कास्की २ मा आँशुको राजनीति गर्न खोजियो
मौका पाए कसैले छोड्दैनन, सासुको, आँसुको वा बियर र मासुको !

नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स, स-परिवार खुसी मुद्रामा
जनता सरह नाइटक्लवमा राजा नाचेकोमा पार्टीहरु द्वारा खुसी ब्यक्त !

नेकपा शीर्ष नेताको ठहर : एनजीओ ब्राण्डको नागरिक समाज चाहिँदैन
यसैलाई भन्छन् – ‘काम चल्यो भाँडो आफल तेरो ठाँडो !

उपनिर्वाचनपछि संविधान संशोधनमा गम्भीर नभए सरकार छाड्छौं: समाजवादी पार्टी
तातो पानी तताउ हैन भने  ! हैन भने के गर्छ्स हँ ? चिसो पानीले नै नुहाउछु !

चारजना खेलाडी कारबाही परे । किन नाइट क्लब जानु हुन्न खेलाडी ?
गौरवको झन्डा बोक्ने बेलामा, दारुपानी धोक्ने मेलामा जानु हुन्छ त  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com