प्रधानमन्त्रीले भने -नहौसिनुस्, नरुनुस्, भलाद्मी हुनुस् !

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार ०८:३६

 

स्वदेशमा पसिना बगाउन लाज मान्नेहरु विदेश जान्छन् : गभर्नर नेपाल
बिदेसिएकाहरुको भनाई – ‘न तिमीले पसिनाको मूल्य दिन्छौ, न हाम्रो उत्पादन किन्छौ ! देशमा बसेर के गरौँ ?

मन्त्रीले घुस खाएर कर्मचारीको सरूवा, बढुवा गर्छन्: नेता नेपाल
आफ्नो आँगनमा फोहर छ भने आकाशतिर फर्केर थुक्नुस,आफ्नै अनुहारमा छिटा पर्छ !

हतियारसहित पक्राउ परेका तरुणदलका नगरसभापति जेल चलान
नगर सभापतिले गर्ने काम नगरेपछिको परिणति !

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने ‘बुधबार कार्यक्रम नराख्नु, चनाखो हुनु ।’
मन बलियो बनाएर बस्नु, पाउनेले नहौसिनु, गुमाउनेले नरुनु, भलाद्मी हुनु !

मधेसी जनतालाई प्रचण्डको प्रश्न : तपाईंहरुले मसँग डिभोर्स खोजेको हो र ?
मधेशी जनात्ताको उत्तर : हैन, बेलाबेला पल्ला घरकाले फकाउँदा मन बहकिएको मात्र !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com