आजका हेड्लाइनहरु : पदको दुरुपयोग गर्दिनँ, पदले दुरुपयोग गरे छाड्दिनँ !

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार ०९:४८

‘उपनिर्वाचनले अहंकार नगर भन्ने सन्देश दिएको छ ।’ – माधव कुमार नेपाल
भुइचालोले पनि संदेश दिएकै थियो $ मान्छे, त्यो पनि जितेको ! कहाँ मान्छ र शन्देश !

मौकाले सांसद बनेका शाही भन्छन् – ‘पदको दुरुपयोग गर्दिनँ ।’
पदले दुरुपयोग गर्यो भने त्यो अर्कै कुरा हो ! हैन त ?

सडक दुर्घटनाको कहालीलाग्दो तथ्याङ्क : १९ दिनमा ८८ जनाको मृत्यु
सडकको जात्रा, मृत्युलोकको यात्रा !

सनराइज बैंकको ऋणपत्र : सुरक्षित लगानीका लागि उत्कृष्ट प्लेटफम
सुरक्षित हो कि असुरक्षित, लगानी फर्किएपछि मात्र थाहा हुन्छ !

वैज्ञानिकहरुले मोटोपन घटाउने, डाइबिटिज हुन नदिने औषधी बनाए
भाते लाद्रो र स्वादे जिब्रो निस्क्रिय बनाउने ओखती नबनाएसम्म के काम !

यौनमा सक्रिय मानिसहरुको रोग प्रतिरोधी क्षमता राम्रो हुने
यौनमा सक्रिय हुनका निम्ति के गर्ने !

दोहोरी गाएर ‘भाइरल’ कमलाको बालसंवेदनामा खेलबाड : रुवाउने प्रतिस्पर्धा !
च्याउसरी उम्रिएका युट्युब,तिनकै पछी दौडने हामी उपबुज्रुक !

मलेशिया जान पैसा मागे  बैदेशिक रोजगार विभागमा उजुरी गर्न अनुरोध
उजुरी गर्दैमा विदेश पुगिन्छ भनेर भर नपर्नु !

नेपाली बालबालिकामा परिक्षण गरिएको टाइफ़ोइड प्रतिरोधी भ्याक्सीन ‘सफल’
चन्द्रमामा पठाइएका छाउराहरु जिउंदै अवतरण गरेको खबर !

छाउ गोठमा मृत्यु भएकी महिलाका आफन्तले जाहेरी दिन मानेनन् ।
पहिला अज्ञान र अन्धविश्वासले जानेनन्, ऐले कानूनको डरले मानेनन् होला !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com