धन्न ट्रम्पले भनेनन् -‘यु गो ब्याक टु निपल !’ – हेडलाईन ह्युमर

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार १४:५९

अमेरिकी नेपालीहरु द्वारा ह्वाटहाउस अगाडि लाग्यो ‘गो ब्याक इण्डिया’को नारा
‘वाल’ बनाउने र ‘डिपोर्ट’ गर्ने कुरालाई आफ्नो मुख्य मुद्दा बनाएका ट्रम्पले धन्न भनेनन्, ‘यु गो ब्याक टु निपल !’

एनआरएनमा पनि जातीय वर्ग व्यवस्था लागु भइसक्यो !
‘हामी जहाँ गएपनि आफ्नो देशको विकृति कहिले भुल्ने छैनौँ ।’

लगानी बोर्ड पन्छिएपछि काठमाडौंको फोहोर व्यवस्थापन अन्योलमा
फोहोर पनि अन्योलमा, फलफुलको बोक्राले भरिएको एउटा प्लास्टिकलेे भन्यो- ‘फोहोर भनेर नहेपौं हामीलाई, छिटो व्यवस्थापन गरिदिनु पर्‍यो’

देशभर चिसो बढ्यो, जुम्लामा माइनस ७, काठमाडौंको ६ डिग्री
‘यस्तो बेला जति सुर्य नमस्कार गरेपनि केही हुने वाला छैन ।’ – आरामदेव

भारतमा नयाँ नागरिकता कानुन आएपछि नेपालमा ‘सतर्कता आवश्यक’
पाहुनाको सत्कार गर्नुपर्छ भन्ने भारत र नेपाल दुइटैको सोच छ तर उता पाहुना निकाल्न खोज्दैछन्, यता पाहुना नआउन् भन्ने आस छ । 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com