चौरासी गर्न नमान्दा डिभोर्स : फेसबुक र ट्विटर साहुको वार ।

प्रकाशित मिति: ३ पुष २०७६, बिहीबार १७:५५

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित
असम्बन्धित समाचारमा : हिलरी क्लिन्टनको वाशिङ्टन डिसी निवास ‘व्हाइटहेभन’मा आज भव्य पार्टी, सबै डेमोक्र्याटहरुलाई निम्तो 

बाँदर लखेट्दा भीरबाट लडेर युवकको मृत्‍यु
के हो यस्तो ? ‘बाँदर’ र ‘मृत्‍यु’ एउटै वाक्यमा तर मर्ने चाँहीं मान्छे ? त्यो बाँदर लाटो रैछ । 

ट्वीटरका सीईओले फेसबुक सीईओ जुकरबर्गलाई अनफलो गरे
प्रतिकृयामा जुकर्बर्गले भने ‘अनफलो ? म त अन्फ्रेन्ड मात्र बुझ्छु ।’ 

भारतमा नयाँ नागरिकता कानुनको विरोध गर्न प्रतिबन्ध
नागरिक हुनबाट प्रतिबन्ध लाएर मोदीको खाना नपचेपछि यो अर्को प्रतिबन्ध लागु गरिएको 

प्रधानमन्त्री ओलीको गृहनगरमा पूर्वराजा ज्ञानेन्द्र शाहको एक महिने बसाइ
रात्रीक्लबमा उनको नृत्यकलाले राम्रो समिक्षा पाएपछि पुर्वराजा झापाको एउटा डान्स कम्पिटिसनमा भाग लिन गएको आशंका 

सम्बन्धविच्छेद गर्न ८४ वर्षीया अदालतमा
श्रीमानले चौरासी पूजा गर्न दिएनन् जस्तो छ !

‘मिडिया नकारात्मक विषय खोज्ने होडबाजीमा ।’ -मुख्यमन्त्री शेरधन राई
नेतृत्व नकारात्मक बिषय दिने होडबाजीमा ।

सभामुख के गर्ने ? प्रचण्ड भन्छन् : ‘विस्तारै छलफल गरौंला ।’
अहिले छल गरौं, फल बिस्तारै आउँछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com