प्रधानमन्त्रीको रिट्विट, अन्तरिक्षमा सेना, साग खाएको अख्तियार – हेडलाईन ह्युमर ।

प्रकाशित मिति: ६ पुष २०७६, आईतवार ०९:०४

१५ हजार घुससहित सई कालीचरण पंजियार पक्राउ
कानुन अन्धो होला तर अख्तियार साग खाएर हुर्केको बच्चा हो । पुलिसहरुको तलब बढाइदिने बेला भो सरकार !

‘कालापानीलाई उत्तेजनाको विषय नबनाऔं ।’ : एसडी मुनि
थर ‘मुनि’ भएर जिन्दगीभर आफु तल परेजस्तो लागिरहँदा भारतले नेपाललाई निचा देखाएपछि त्यस्तो भन्ने नै हुनुभयो नि ।

‘गेम चेन्जर आयोजना’को सूची बनाउँदै सरकार
राजनीतिकै खेल फेरेर सत्ता चाँहीं काङ्रेसलाई दिने आयोजना त नहोला नि !

सोनिया गान्धीको विधेयकका सम्बन्धी ट्वीट प्रधानमन्त्री ओलीबाट रिट्वीट खैलाबैला
भारत सरकारले ओलीलाई टुइटर चलाऊन प्रतिबन्ध लगाउन सक्ने !

ट्रम्पले गरे अन्तरिक्ष फौज गठन गरेको घोषणा
हाम्रो देशको बजेटसँग मात्र अनावश्यक छक्का पन्जा हुन्छ भन्ने लाग्थ्यो !

उद्योगमन्त्रीको प्रश्न- ‘हाम्रै जंगलमा काठ खेर गैरहेका छन् किन आयात गर्नुपर्‍यो ?’
‘काठ खेर गए के भो त, कमिसन खेर गएको छैन त !’ काठ तस्करको उत्तर

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com