कृष्णदास ३ लाखमा छुटे, कृष्ण महरा कतिमा ?

प्रकाशित मिति: १५ पुष २०७६, मंगलवार ०९:३६

असारसम्म सुन्दरीजलमा मेलम्चीको पानी खस्ने दाबी
‘असार’ २०७७ साल कै हो भन्ने चाहिँ स्पस्ट नभएको

सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न आदेश
अब महराका लागि पनि त्यस्तै गरिदिनु, दुई कृष्ण मीत लगाएर बस्छन् ।

रिहा भएपछि गजुरेलले भने- ‘पक्राउ सुनियोजित ।’
हिजो पक्राउ परेर आज रिहा हुनु चाहिँ सुनियोजित थियो जस्तो छ काकु !

वीरगञ्जको नेशनल मेडिकल कलेजले फेरि असुल्यो विद्यार्थीसँग अतिरिक्त शुल्क
निको भैसकेको घाऊ फेरी कोट्ट्याउन त मेडिकल प्रोफेशनले अनैतीक मान्नुपर्ने हो ।

एन्ड्रोइड फोनको तुलनामा आइफोन १ सय ६७ गुणा असुरक्षित
यो तथ्यांक आइफोनमा तयार गरिँदै थियो तर पहिलो डाटा हाल्ने बित्तिकै त्यस्को बेट्टरी सकियो ।

संसद पुग्यो विशेष सेवा विधेयक, कांग्रेसले भन्यो : ‘प्रेमी जोडीका खबर सरकारले सुन्ने, हेर्ने भयो ।’
कांग्रेसको चिन्ता जायज हो : यता अश्लील साइटहरु बन्द गर्ने, अनि त्यही सरकारले प्रेमी जोडीका कुराहरु हेर्न-सुन्न पाउने ?

आतङ्कवादी आक्रमण रोक्न सघाएकोमा पुटिनले दिए ट्रम्पलाई धन्यवाद
ट्रम्पको जित सुनिश्चित गर्न पुटिनले २०१६मा के कती गरे, ट्रम्पले त्यतिपनि नगर्लान् त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com