अष्ट्रेलियाका डढेलो पिडितले प्रधानमन्त्रीसँग हात मिलाउन नमानेपछि…

प्रकाशित मिति: २० पुष २०७६, आईतवार २१:५९

‘प्रधानमन्त्री छाडियो, सभामुख छाडिन्न ।’ – पूर्वमाओवादी
पार्टी एकिकरणको पनि शर्त रे, सबै कम्युनिस्ट भएपछि त अंकमाल गरेर अघि बढ्नु नि !

पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान
फर्किँदा अस्ट्रेलियन पर्यटक ल्याउन् तर उताका नेपालीलाई नै पर्यटक बनाएर नल्याउन् भन्ने आस ।

अस्ट्रेलियाली प्रधानमन्त्रीलाई डढेलो पीडितले भने- ‘तपाईंसँग हात मिलाउँदैनौं ।’
पर्यटनमन्त्री भट्टराई अस्ट्रेलिया आउने समाचार पाएपछि अस्ट्रेलियाली प्रधानमन्त्री हात मिलाउन पाउनेमा आशावादी ।

बेलायतबाट एक लाख पर्यटक पठाउने नेपाली दूतावासको घोषणा
आहा, त्यत्रा बेलायती पर्यटक आए भने त पर्यटन क्षेत्र र चिया उद्योग दुबैलाई ठुलो लाभ हुन्छ ।

‘अमेरिका-इरान युद्ध नभए पनि नेपालको अर्थतन्त्रमा असर पर्न सक्छ’
नयाँ उखान – ट्रम्पको वार, नेपाललाई मार

छिनछिनमा बिजुली जाँदा उपभोक्ता हैरान, वितरण प्रणाली नाजुक
चौबिसै घण्टा इन्टरनेटको पहुँच नहुँदा उपभोक्ताको मानसिक स्वास्थ्य पनि नाजुक

पक्राउ परेका सबै चिनियाँलाई जरिबाना, अध्यागमन विभागलाई बुझाउने तयारीमा प्रहरी
भ्रमण वर्ष भनेर यतै राख्दिम न, अतिथिहरुलाई, तिनका घर फोन गरेर पैसा पठाउन लाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com