ईरान काण्डले नेपालीको बिवाह नहुने खतरा !

प्रकाशित मिति: २२ पुष २०७६, मंगलवार २३:२८

मध्यपूर्वको बाछिटा : सुनको भाऊ बढ्यो, अब तेलको पालो
बेहुला चढ्ने गाडी हुन्न, बेहुलीले लाउने सुन हुन्न । त्यसपछि बेरोजगारी बढ्छ अनि देशको आर्थिक स्थिती नाजुक हुने क्रम बढ्छ । 

हिन्दु रक्षा दलले लियो जेएनयू आक्रमणको जिम्मेवारी
हिन्दु रक्षा दल – ‘अरु धर्म प्रतिको असहिष्णुता हाम्रो जिम्मेवारी ।’

तारे होटलका ४५ प्रतिशत कोठा खाली, साना होटलसँग मूल्यमा प्रतिस्पर्धा
पर्यटकको कमीले दिनमै तारा देख्न वाध्य भएपछि तारे होटल व्यवसायीले यो शैली अप्नाएको हुनसक्ने । 

८ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने
भनेपछि यसपाली ८ पढ्नेहरुले स्कुले जीवनभरी रंगिन किताब देख्न नपाउने भए । 

मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ
मक्खन चोरी गर्दा गर्दै कृष्णलाई पक्रेको जस्तो हुँदै नभएको प्रहरीको भनाइ । 

अध्यागमनले गर्‍यो १२२ चिनियाँलाई मात्र एक हजार रुपैयाँ जरिवाना, ४ वर्ष नेपाल आउन प्रतिबन्ध
‘४ वर्षपछि त हो नि फेरी ह्याक गर्न खोज्ने’ भनेर साइबर क्राइम विभागले कुनै सुरक्षा नअप्नाएको खुलासा 

‘अस्पतालकै कर्मचारीले निजीमा बिरामी पठाउँछन् ।’ – स्वास्थ्यमन्त्री ढकाल
तितौरा बनाएको देखेपछि तितौरा खान छोड्छन् नि , त्यस्तै भएको हो । 

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीमा बढी यात्रु नराख्ने सहमति
सहमति यातायात व्यवसायीसँग मात्रै भएको हो, यात्रुहरुसँग हैन भनेर फेरी भिड गाडी चढ्नु नपरोस् । 

इरानी विदेशमन्त्रीले भिसा पाएनन्, इरानद्वारा अमेरिकी सेना आतङ्ककारी घोषित
यो त ‘मलाई तँ मन पर्दैन, तँलाई म मन पर्दैन’ भनेजस्तै भयो तर तैँ चुप मै चुप चाहिँ गर्न दुइटैले मान्ने छैनन् ।   

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com