‘साग’का बिजेतालाई गुन्द्रुक दिएर टार्ने तयारी !

प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार २०:१९

विमानस्थलमै पुगेन बिजुली, हिटर र एसी नचलाउन आग्रह
हिटर र एसी भन्दा झन् ठुला यन्त्रको प्रयोग हुन्छ विमानस्थलमा, आग्रह हाइड्रो र बिधुत प्राधिकरणलाई गर्नु । 

इरानसँग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ अमेरिका तयार
शर्तसहित भएपनि दुबै पक्षले शर्त तोड्न तयार भएको भित्री जानकारी 

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय
काठमाडौंबादीहरु बिद्रोह गर्ने तयारीमा 

अमेरिकी एजेन्सीले भन्यो : ‘मोदीको हिन्दू अतिवादले भारत संकटमा ।’
ट्रम्पले उचाल्ने ईसाइ अतिबादीहरु र मोदीको हिन्दू अतिवादमा फरक  छुट्याउनाेस्

नेपाल–अष्ट्रेलिया सीधा हवाई उडानबारे अस्ट्रेलियाका अधिकारीसँग पर्यटनमन्त्रीले गरे छलफल
अस्ट्रेलियाका ‘अधिकारी’ र नेपालका ‘भट्टराई’विच आफ्ना पुर्खा र गोत्रको भलाकुसारीले समय खाएको । 

घोषणाको एक महिनामा पनि ‘साग विजेता’ले पाएनन् पुरस्कार
साग बिजेता न हुन्, टन्न तरकारी उपहार दिएर टार्ने आयोजकको तयारी

उपसभामुखले राजीनामा नदिँदा रोकियो नेकपामा सभामुख चयनको निर्णायक संवाद
‘राष्ट्रपति त सेरेमोनियल भनेर हो, सभामुख पनि महिला कसरी राख्नु ! हैन्त ?

राजकुमार ह्यारी र मेगन मार्कलको शाही जिम्मेवारी त्याग्ने घोषणा, राजपरिवार ‘दु:खी’
बेलायती ‘रोयल्टी’ पर्यटकीय आकर्षणमात्र हो भन्ने कुरा बुझ्ने राजपरिवारका पहिला दम्पती   

-‘गजुरियल डटकम‘का लागि संवाददाता ‘किंवदन्ती‘काे रिपाेर्ट 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com