३ नंबर प्रदेशको राजधानी ४ नंबरमा राख्न माग !

प्रकाशित मिति: २६ पुष २०७६, शनिबार २२:२६

‘पूर्वाधार विकासमा दीर्घकालीन सोच देखिएन ।’ – पूर्वप्रधानमन्त्री नेपाल
दीर्घकालीन सोच हुने युवाहरु हुन्, देश बुढाहरुको हातमा छ । क्यारौ त नि !

पूर्वराजाले भने- ‘अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास नहोस् ।’
जस्तो कुण्ठित विचार पनि नाचेर अभिव्यक्ति गर्न सकिहालिन्छ नि ।

‘पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ ।’ – कमल थापा
जनताहरु पनि ‘एकिकरण पछि राप्रपाको सरकार आउँछ’ भन्दै कुरेर बस्ने छैनन् ।

‘पितृसत्ता राजसंस्थाभन्दा बलियो रहेछ ।’ – उपसभामुख तुम्बाहाङ्फे
नभएको भए किन बिध्यादेवीलाई ‘राष्ट्रपति’ दिन्थे त !

‘भूलवश’ युक्रेनी जहाज खसालेकाे स्वीकार गर्दै इरानले माग्यो माफी
गुलेलीले ताकेर चरा मार्न खोज्दा जहाज खसेको जस्तो कुरा गर्छन् त, मासाल्हा ! मासाल्हा !

प्रदेश ३ को राजधानी धुलिखेल बनाउन विवेकशील पार्टीको प्रस्ताव
कहिँ नभएको प्रस्ताव, काठमाडौं विश्वविध्यालयमा पढ्ने पढाउने धेरै छन् कि क्या हो विवेकशिलमा ?

दाहालले भने, ‘विप्लवहरु एकतामा आउनुहुन्छ तर ढिला भयो भने फाइदा गर्दैन ।’
५२/५३को माओवादी भएको भए त उहिलै एकता भैसक्थ्यो होला नि ।

वागमतीलाई राजधानी नमान्ने, त्रिशुली राख्न माग
यहाँ र त्यहाँ भन्दाभन्दै चार नम्बर प्रदेशमा राखिदिन्छन्, अनि हेर्या हेर्यै !

-‘गजुरियल डटकम‘का लागि संवाददाता ‘किंवदन्ती‘काे रिपाेर्ट 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com