‘ट्रक साहित्य’पछि सवारी साधनमा यात्रु प्रतिबन्धित ! Headline Humor

प्रकाशित मिति: २७ पुष २०७६, आईतवार २२:०२

पत्रकार महासंघमा कांग्रेस–कम्युनिस्टबीच ठासठुस !
केन्द्रीय तहमा भएको विवाद आफ्ना आफ्ना पार्टीका पत्रकारहरुले अगाडि बढाउने नै भए । 

‘सभामुख विवादले नेकपाको प्रगति देख्न नचाहनेहरुको जिब्रो रसाएको छ ।’ – नेकपा महासचिव पौडेल
विरोधीहरु भोका छन्, तिनीहरुको काम नै त्यही हो । 

बालुवाटारमा दोस्रो पटक शिवमायाले भनिन् – ‘राजीनामा दिन्न, जे गर्ने हो गर्नुस् ।’
नारीशक्तिले सभामुख निकालेको हो, अब पद पनि महिलालाई दिए हुन्छ । 

चलचित्रकर्मीलाई संचारमन्त्रीको प्रश्न–‘सधैं घाटामा नै हुनुहुन्छ भने के खाएर बाच्नुहुन्छ ?’
त्यही भन्या, फिल्म हलको खाजा अति नै महँगो हुन्छ त । 

‘नेकपाभित्रको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय ।’ : गगन थापा
युवा नेता बुढा भइसक्दाको निराशा गगन थापामा हावी छ । 

राजकुमार ह्यारीलाई भक्तपुर घुमाएका नेपाली युवा भन्छन्: ‘जिम्मेवारी परित्याग नगरेको भए हुन्थ्यो ।’
बेलायती राजपरिवारसँग यि युवाको कुरा मिल्दो रैछ, राजकुमार बनाएर यिनैलाई जिम्मेवारी दिन मिल्दैन ?

सार्वजनिक सवारी दुर्घटना कम गर्न म्युजिक सिस्टम र ‘ट्रक साहित्य’ प्रतिबन्धित
अलि बढी दोष चालकलाई दिउँ, नत्र यसपछि यात्रुको हल्लाले दुर्घटना भयो भन्दै प्रतिबन्ध लाउनुपर्छ ।    

-‘गजुरियल डटकम‘का लागि संवाददाता ‘किंवदन्ती‘काे रिपाेर्ट 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com