‘भाटभटेनी’को नयाँ अफर – नक्कली बिलमा सक्कली फाईदा ! Headline Humor

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार १०:१३

‘स्वतन्त्रता छ भन्दैमा अरूका आँखा घोच्ने गरी हात फैलाउन हुन्न ।’ – परराष्ट्रमन्त्री ज्ञवाली
सरकारको ‘दुरदर्शिता’ कायम राख्न हाम्रो हात भाँच्न खोज्नु पनि भएन नि त !

उपसभामुख डा.तुम्बाहाम्फेको राजीनामा नदिने अडानप्रति अधिकारकर्मीको समर्थन
स्वार्थकर्मीको अगाडि अधिकारकर्मीको केही नलागेको

शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ
व्यापारीहरुको काम नै ठगेर नाफा लिने हो । भय गुरुदेव  !

प्रदेश ३ को नाम बागमती राखेकामा आदिवासी जनजाति महासंघको विरोध
विरोध, अवरोध र प्रतिरोध गर्न बहाना खोज्नेहरुका सुनौलो अवसर ।

छाउगोठ भत्काउँदा सर्प भेटियो
यो प्रथालाई निरन्तरता दिइ मानव अधिकारलाई डस्ने सर्पको कुरा मात्र हो ।

उपसभामुख तुम्बाहाम्फेलाई नेकपा प्रमुख सचेतकले भने : ‘पदमा बसेर बार्गेनिङ नगर्नुस् ।’
बार्गेनिङ पार्टीले गरिरहेको छ, उनी त केवल आफ्नो फल कुर्दै छिन् ।

‘सीआईबी हुँ’ भन्दै असुली गर्ने दुई पक्राउ
अरुका गल्तीबाट सिक्नु भनेको त्यही गल्ती नदोहोर्यानु हो, आइडिया लिनु होइन त ।   

भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर
यो भाटभटेनीको नयाँ अफर हो भने हामीलाई पनि सामेल गराउँ है ! 

-‘गजुरियल डटकम‘का लागि संवाददाता ‘किंवदन्ती‘काे रिपाेर्ट 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com