अधिकृत रोडमा, पिउन करोडमा ! एसएसपी बलात्कारमा, सिपाहीँ उद्धारमा ! Headline Humor

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार ०९:१०

जबरजस्तीकरणी कसूरमा एसएसपीलाई पक्राउ गर्ने तयारी ।
पुलिसले पुलिसलाई पक्राउ गर्न थालेपछी चोरहरुद्वारा खुशीयाली ब्यक्त !

बलात्कार आरोपी राणा भन्छन्- ‘आरोपमा सत्यता छैन !’
आरोपिनी महिला भन्छिन् – ‘पहिला थिएन, अब हुन्छ ।’

प्रहरी अधिकृतका अनुसार एसएसपी र महिलबिच पुरानो सम्बन्ध थियो
मन मिले मेला हजुर, नमिले झमेला !

प्रजातन्त्रप्रति दक्षिण एशियामै नेपाली सबैभन्दा बढी असन्तुष्ट
सरकार मस्त, बिपक्ष ब्यस्त, प्रशासनमा दुष्ट, कसरी हुनु सन्तुष्ट !

‘चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्न छलफल भइरहेको छ ।’ -स्वास्थ्य मन्त्रालय
‘रात गए अग्राख पलाए, कुरै कुरामा सात गाउँ डुबाए’ भनेझैं नहोस !

पियनको सम्पत्ति ९ करोड ७३ लाख !
आफुले ९ करोड कमाउदा हाकिमलाई कति बुजाए खोजि गर्नु पर्ने भयो ।

चार लाखका कारण काठमाडौंमा बंगलादेशी नागरिकको हत्या
Is it Nepal 2020 !

सानेपामा अनसनरत नेविसंघ नेताहरुको मागप्रति कोइरालाको ऐक्यवद्धता
आन्तरिक कलह : दुधका साँची बिराला, मौका छोप्दै कोइराला !

सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक
यो समय ग्यालेक्सी ट्याब्लेटको होइन, ‘एन्टी कोरोना ट्याबलेट’को हो ।

‘सरकारले उद्योगलाई प्राथमिकतामा राखेको छ ।’ -उपप्रधानमन्त्री पोखरेल
‘उद्योगले नाफालाई प्राथमिकतामा राखेको छ ।’ – उपभोक्ता दु:खरेल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com