प्रवक्ताको ‘ठ्याईं-ठ्याईं’ नबुझेपछी पत्रकारले कलाकार गुहारे ! Headline Humor

प्रकाशित मिति: २० माघ २०७६, सोमबार ११:१४

‘मौनधारणमा मन्त्री घनश्याम भुषाल !’
राम्रा मान्छेलाई सिध्याउनु छ भने एकपटक मन्त्री बनाई दिनुस् , खलाँस !

अनुशासन आयोगले नेकपाका केन्द्रीय नेताको सम्पत्ति छानविन गर्ने
आफैं बोक्सी, आफ्नै धामी भन्थे उहिले ! अहिले पनि उस्तै गर्दा रहेछन् । दुधको साँची बिरालो !

बालुवाटार जग्गा प्रकरण: सांसदको प्रश्न, ‘के अख्तियारले राजनीतिक सङ्केत पर्खेको हो?’
संकेत चोरी औंलाले गर्नुपर्छ, बाँकी औंलाले आफैतिर इंगित गर्छन भन्ने डर !

एमसीसी विवाद: विरोधी र समर्थक नेता रहेको खनाल कार्यदलको मार्गचित्र
दायाँ ज्ञवालीले तान्लान् , बायाँ रावलले तान्लान्, खनालले अब कसलाई मान्लान् !

पत्रकारहरु ! ठ्याइँ–ठ्याइँ गर्ने होइन, जति सराप्यो प्रधानमन्त्रीको आयु बढ्या बढ्यै छ ! -सरकारका प्रवक्ता
मन्त्रीजी ! जति ठ्याइँ–ठ्याइँ गर्नुहुन्छ, प्रधानमन्त्रीको प्रतिष्ठा त्यति नै घट्या घट्यै छ ! नो ठ्याईं ठ्याईं पिलिच । -जनपत्रकार

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com